काँग्रेस नेताको सेक्स भिडियो सार्बजनिक

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ५:१३ मा प्रकाशित

काठमाण्डु–राजनीतिक दलका नेताहरु बिभिन्न कारणले विवादमा आउँछन् । भ्रष्टाचार, जनतालाई बाँड्ने झुठा आश्वासन, आपराधिक गिरोहसँगको साँठगाँठ आदिले उनीहरुलाई विवादमा तान्छ । त्यतिमात्रै होइन, यौन शोषणका कुराले पनि नेताहरु विवादमा तानिन्छन् ।

यौन शोषणको मामिलामा एक काँग्रेस नेता विवादमा तानिएका छन् । ति नेता नेपालका भने होइनन् । नेपालको छिमेकी देश भारतका काँग्रेस नेता हुन् ।

केही दिनअघि भारत मध्यप्रदेशका पूर्ववित्तमन्त्री तथा काँग्रेस नेता राघवजीले आफ्नो घरका एक कामदारसँग अप्राकृतिक यौनव्यवहार गरेको खबर आएको थियो । यस्ले उनको कुर्सी त गयो गयो प्रहरीले गिरफ्तारसमेत गर्यो । त्यही भारतीय काँग्रेसका एक विधायक फेरि यौनकाण्डमा मुछिएका छन् । मध्यप्रदेशका विधायक सत्य नारायण पटेलको ‘सेक्स भिडियो’ सार्बजनिक भएपछि त्यहाँको राजनीतिमा खैलाबैला भएको छ ।

मध्य प्रदेशमा २५ नोभेम्बरमा विधानसभा चुनाव हुँदैछ । काँग्रेसमा कस्ले टिकटकालागि हानथाप छ । यहि चुनावको चटारोमा नग्न भिडियोको केही अंश सार्बजनिक भएपछि भारतीय काँग्रेस अप्ठेरोमा परेको छ ।

यद्यपी काँग्रेस नेताहरुले यो भिडियो गलत भएको दावी गरेका छन् । काँग्रेस नेताको छवि विगार्न आफ्नै पार्टीका नेताहरुले षडयन्त्रपूर्वक नक्कली भिडियो तयार पारेर सार्बजनिक गरेको उनीहरुको दावी छ । देपालपुरका काँग्रेस नेता तथा उनका राजनीतिक प्रतिद्वन्द्वी विशाल पटेलले सो भिडियो तयार पारेको पटेलको आरोप छ । यद्यपी विशालले आरोप खण्डन गरेका छन् ।

सो शहरका काँग्रेस अध्यक्ष प्रमोद टन्डनले भने भारतीय जनता पार्टीले नक्कली भिडियो तयार पारेको आरोप लगाएका छन् । सो सीडिलाई थप परीक्षणकालागि प्रयोगशालामा पठाइएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us