नयाँदिल्लीमा बालिका बलात्कृत

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ३:४९ मा प्रकाशित

नयाँदिल्ली–भारतको राजधानी नयाँदिल्लीमा एक बालिका बलात्कृत भएकी छन् । सफदरजंग क्षेत्रमा पार्किङ गरेर राखिएको कारभित्र तीनजनाले एक बालिकालाई सामुहिक बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न व्यक्तिहरु फरार रहेको र कार बरामद गरेर अनुसन्धान शुरु गरेको दिल्ली प्रहरीले जनाएको छ । ति बालीकाले बलात्कारी सबैलाई आफूले चिनेको भन्दै प्रहरीका किटानी जाहेरी दिएकी छन् ।

नयाँदिल्लीमा डिसेम्बर २०१२ मा बसमा सवार एक युवतिलाई सामुहिक बलात्कार गर्ने चारजनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । सरकारले अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएको थियो । तर, भारतमा बलात्कारका घटनामा कमी आएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us