
काठमाण्डु, ७ कात्तिक–ईटालियन लिग ला–लिगाको क्लब रियल सोसियडाडलाई झिनो अन्तरले पराजित गर्दै ईङ्ग्लिस क्लब म्यान्चेस्टर युनाईटेडले च्याम्पियन्स लिगको नकाउट चरणमा पुग्ने सम्भावना बलियो पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एकमात्र गोल खेलको दोस्रो मिनेटमा सोसियडाडका डिफेन्डर ईनिगो मार्टिनेजको आत्मघाती गोलबाट भएको थियो ।
म्यानचेस्टर युनाईटेडका स्ट्राईकर बायन रुनीको उत्कृष्ट आक्रमण बचाउने क्रममा उक्त गोल भएको थियो । दोस्रो मिनेटमा भएको आत्मघाति गोल फर्काएर खेल बराबरीमा ल्याउन सोसियडाडको प्रयास निकै उत्कृष्ट खेलको बाबजुद पनि सफल हुन सकेन । खेलको पहिलो हाफमा एन्टिनियो ग्रैजमान्को प्रयास क्रसबारमा लागेर फर्किए पछि सोसियडाड दुर्भायशाली सावित भयो । युनाईटेडका लागि स्टार स्ट्राईकर रुनीका प्रयासहरु पनि सफल हुन सकेनन् ।
च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएका अन्य खेलहरुमा पेरिस सेन्ट जर्मेन, म्यान्चेस्टर सिटी, बेयर लेभरकुसेन, गालातासारे, रियल म्याड्रिड र बायन म्युनिख आ–आप्mनो खेलमा विजयी भए । बेनिफिसिया र ओलम्पियाकोसबीचको खेल बराबरी भयो ।