खेलकुद क्षेत्रका उम्मेदवारलाई चुनावी चटारो

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– दोस्रो संविधानसभा निर्वाचन नजिकिादै गर्दा विभिन्न राजनीतिक दल समर्थित खेलकुद क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवारले चुनावी प्रचार–प्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्मा दुई पटकसम्म सदस्यसचिव भएका नेपाल स्की संघका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिवसमेत रहेका श्रेष्ठ एमाले काठमाण्डु–८ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् ।
काठमाण्डु–८ मा १३, १५, १९, २०, २३ र २४ वडा  छन् । घरदैलो कार्यक्रममा मलाई जनताले त्यहााका बाटो, ढल र मनमती खोलाको डुबानका बारेमा समस्या र ती बारे समस्या समाधानमा सुझाव दिएका छन्, उनले भने, ‘म ती माग र समस्याबारे पार्टीमा छलफल गर्छु ।’ आफ्नो घरदैलो कार्यक्रम ५० प्रतिशत पूरा भएको भन्दै यही कात्तिक २० गतेसम्ममा पहिलो चरणको कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणको कार्यक्रमतर्फ लाग्ने योजना रहेको उनले जानकारी दिए । यस क्षेत्रमा करिब ४६ हजार मतदाता छन् ।

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन भत्ता, ‘हाई अल्टिच्युड स्पोट्र्स ट्रेनिङ सेन्टर’को स्थापना, खेलकुद क्षेत्रलाई लोकतान्त्रिकरण गर्दै खेलकुद विश्वविद्यालय स्थानमा पहल गर्ने उनको कार्ययोजना छ ।

त्यसैगरी खेलकुद क्षेत्रमा विगत लामो समयदेखि लागेका उम्मेदवार ध्रुवबहादुर प्रधान नवलपरासी–४ र ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार बनेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी अध्यक्ष प्रधानले आफ्नो घरदैलो कार्यक्रममा खेलकुदका माध्यमबाट राष्ट्रको पहिचान विश्वमा चिनाउन सफल खेलाडीलाई राज्यले उचित सम्मान गर्नुपर्ने, स्वदेशमा रोजगारीको सिर्जना, किसानलाई उचित समयमा उन्नत जातको बिउ मल, र देशमा राजनीतिक स्थायित्वका लागि आफूलाई मत हाल्न जनतासाग आग्रह गरिएको बताए ।

उनले नवलपरासी क्षेत्र नम्बर ४ मा २६ जना प्रतिस्पर्धी र क्षेत्र नम्बर ५ मा ३९ जना उम्मेदवार रहेकोमा ती क्षेत्रका अन्य दलका उम्मेदवारभन्दा आफू निकै सशक्त र दरिलो एजेन्डा लिएर गएकाले चुनावमा जित्ने दाबी गरे ।
रेस्लिङ खेलाडी भरतबहादुर बिसुरालले काठमाडौाको क्षेत्र नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले घरदैलो कार्यक्रमले पनि निकै तीव्रता लिएको छ । बिसुराल भन्नछन्, ‘अब म केही दिनमा त्यस क्षेत्रमा सम्पर्क कार्यालय खोल्छु र चुनावी अभियानलाई अझ बाढी तीव्रता दिन्छु ।’ घरदैलो कार्यक्रम दश दिनमा सकेर कोणसभाको कार्यक्रम गर्ने उनको योजना छ ।

कीर्तिपुर नगरपालिका, चोभार, चाल्नाखेल, छैमले, फर्पिङ र दक्षिणकालीलगायतका स्थानका जनताको आफूले निकै माया पाएको उनले बताए । बिसुरालले खेलाडीका हकहित, भ्रष्टाचार अन्त्य, कानुनी राज्य, शान्ति स्थायित्व र समुन्नत नेपाल निर्माणका लागि आफूले उम्मेदवारी दिएको बिसुरालले बताए । सबै पार्टीका गरी ४० जना उम्मेदवार यस क्षेत्रबाट उठेको भन्दै बिसुरालले यहाा सात हजार मतदाता रहेको जानकारी दिए ।
एमोल चितवन–५ बाट उम्मेदवारी दिएका नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङको चुनावी घरदैलो अभियानको काम आधा पूरा भइसकेको छ । उनले भने, ‘गत असोज ३१ गतेबाट घरदैलो कार्यक्रममा हिाडेको हुा, म समाजसेवीसमेत भएकाले यस क्षेत्रका जनताले निकै साथ दिएका छन् । जनताले बाटो, खानेपानी, सिाचाइको समस्या सुनाएका छन्, ती समस्या समाधान गर्नतर्फ अग्रसर हुने मैले प्रतिबद्धता जनाएको छु’, उनले भने ।
खेलकुद विकासका लागि त्यस क्षेत्रमा कभर्डहल निर्माण गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।  त्यसैगरी नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टङ्क आङबुहाङले एनेकपा (माओवादी) ताप्लेजुङ–२ मा आफ्नो चुनावी घरदैलो कार्यक्रम जोडतोडका साथ अगाडि बढिरहेको जानकारी दिए ।

जिल्लामा निकै विकट स्थान रहेका हुनाले सबै जनताको घरदैलोमा पुग्न कात्तिक महिनाभरि नै लाग्ने उनले बताए । आफू क्रिकेट संघको अध्यक्ष भए पनि एक खेलको मात्र विकास गरेर नहुने भन्दै जनताको हरेक समस्यातर्फ आफ्नो पार्टी उत्तिकै जिम्मेवार भएको आङबुहाङको भनाइ छ ।

हकी खेलका पूर्वराष्ट्रिय खेलाडी देवेन्द्रराज काडेल नेपाली कााग्रेस नवलपरासी क्षेत्र–४ मा घरदैलो अभियानमा विगत दुई हप्तादेखि खटिरहेका छन् । उनका अनुसार त्यस क्षेत्रमा अन्य विभिन्न पार्टीका गरी प्रत्यक्षतर्फ ३३ जना उम्मेदवार चुनावी मैदानमा भिडिरहेका छन् ।

घरदैलो कार्यक्रममा जनताको समस्या बुझ्ने कार्य भइरहेको भन्दै उनले ती समस्यलाई आफ्नो पार्टीले निकै गम्भीरताका साथ लिएको बताए । ५१ हजार मतदाता संख्या रहेको यस क्षेत्रका जनताले विशेष गरी स्वास्थ्य, शान्ति र सरकारको स्थायित्वको माग गरेको जानकारी दिए ।
आफ्नो समयका टिम कप्तानसमेत रहेका काडेल आफूले निर्वाचन जितेमा स्थानीय तहबाट खेलाडी उत्पादनमा विशेष जोड दिने खालको कार्यक्रम जनताबीच ल्याउने बताउाछन् । दोस्रो संविधानसभा निर्वाचनमा अन्य खेल क्षेत्रका उम्मेवारले पनि आ–आफ्नो पार्टीको एजेन्डा बोकेर घरदैलो कार्यक्रम गरिरहेका छन् ।

अन्य खेलका उम्मेदवारमा जुडोकी पूर्वराष्ट्रिय खेलाडी धर्मसिला चापागाईं एनेकपा (माओवादी) झापा, फुटबलका पूर्व राष्ट्रिय प्रशिक्षक छिरिङ लोप्साङ नेकपा (एमाले) मनाङ, नेपाल भलिबल सङ्घका उपाध्यक्ष लिलाबहादुर थापा नेकपा (एमाले) चितवन, बेम्बो आर्चरीका खेलाडी ङटुक गुरुङ एनेकपा (माओवादी) मुस्ताङ, गोजुरियो कराातेका खेलाडी रकेश श्रेष्ठ लोकतान्त्रिक फोरम, क्युकोसिन करोतका खेलाडी दमन बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक, नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष गणेशमान पुन एनेकपा (माओवादी) रुकुमले आगामी संविधानसभाको निर्वाचनका लागि देशका विभिन्न स्थानबाट उम्मेदवारी दर्ता गराई घरदैलो अभियानमा तीव्रताका साथ लागिरेहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us