
कञ्चनपुर– वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मलेसियामा मृत्यु भएको छ ।
कञ्चनपुर भीमदत्तनगरपालिका– ११ भुजेलाका राजु ओडको सडक दुर्घटनामा मृत्यु भएको पारिवारले जनाएका छन् । दुई साताअघि सडक दुर्घटनामा उनको मृत्यु भएको मृतकका बुबा किसन ओडले बताए ।
ओड रोजगारीका लागि एक वर्षअघि मलेसिया गएका थिए । ओडको शव त्यहाास्थित नेपाली दूतावासको सहयोगमा मङ्गलबार कञ्चनपुर ल्याइएको छ ।