सचिन तेन्दुलकरको नाममा क्रिकेट मैदान

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ५:३८ मा प्रकाशित

Sachin-Tendulkarकाठमाण्डु, ६ कात्तिक–भारतमा मुम्बई क्रिकेट एशोसियशनले महान क्रिकेट खेलाडी सचिन तेन्दुलकरको नाममा एउटा रंगशालाको नामकरण गर्ने भएको छ । मुम्बईकै कान्डिवलीस्थित जिमखाना क्रिकेट मैदानको नाम ‘सचिन तेन्दुलकर जिमखाना’ राख्ने निर्णय मुम्बई क्रिकेट एशोशियनले गरेको हो ।

तेन्दुलकरले आगामी महिना आफ्नो खेल जीवनको दुई सयौं टेस्ट म्याच खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटको सबै खेलहरुबाट सन्यास लिने घोषणा गरिसकेका छन् । सचिनको ईच्छाअनुसार उनको खेल जीवनको २ सयौं टेस्ट म्याच उनकै घरेलु शहर मुम्बईमा हुने छ । अगामी नोभेम्बर महिनामा शुरु हुने वेस्टईन्डिजसँगको क्रिकेट श्रृङ्खलाको दोस्रो खेलबाट तेन्दुलकरले अन्तराष्ट्रिय खेलबाट सन्यास लिने छन् ।

उनले अहिलेसम्म १ सय ९८ टेस्ट म्याच क्रिकेट खेलिसकेका छन् । सचिन २ सयौं टेस्ट खेल्ने विश्वका पहिलो खेलाडी बन्ने छन् । विश्वमा नै टेस्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन र सतक बनाएका सचिनको नामका क्रिकेटका अन्य धेरै रेकर्ड पनि कायम छन् । भनिन्छ क्रिकेटको हरेक दोस्रो रेकर्ड सचिनको नै नाममा छ ।

सचिनको २ सयौं टेस्ट म्याचकालागि मुम्बई क्रिकेट एशोसिएसनले ब्यापक तयारी गरेको छ । सचिनको अन्तिम खेललाई अविस्मरणीय बनाउन सम्पूर्ण तयारी गरिने एशोसिएशनले जनाएको छ । सचिनलाई विश्वभरीबाट अफ्ना साथिभाइ र आफन्तलाई बोलाउन ५ सय टिकट उपलब्ध गराईने जनाईएको छ । सचिनको २ सयौं खेल हेर्न मुम्बईको बाङ्खेडे स्टेडियममा झण्डै ४६ हजार दर्शक उपस्थित हुनेछन् । २ सयौं खेलको टिकको दुवैतर्फ सचिनको फोटो राखिने छ । २४ वर्ष सक्रिय खेल जीवन विताएका विश्वका महान क्रिकेट खेलाडी सचिनको अन्तिम खेल आगामी नाभेम्बर १४ देखि १८ तारिखसम्म मुम्बईमा भारत र वेस्ट ईन्डिजबीच खेलिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us