चीन र भारत सीमा विवाद अन्त्य गर्न सहमत

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ८:३५ मा प्रकाशित

132823052_21n

काठमाण्डु–चीन र भारतबीच सीमाक्षेत्रमा शान्ति कायम राख्ने लगायतका नौं बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको चीन भ्रमणको क्रममा सीमा रक्षा सहयोगमा महत्वपूर्ण सम्झौता भएको हो ।

सीमा विवाद हटाउन सौहाद्रपूर्ण भूमिका निर्वाह गर्न दुवै देशका प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् । साथै उनीहरु आतंकवाद अन्त्यका लागि एकअर्कालाई सहयोग बढाउन पनि सहमत भएका छन् । नालन्दा विश्वविद्यालय, द्विपक्षीय व्यापार, सडक र उर्जा क्षेत्रमा सहयोग बढाउनेलगायतका विषयमा पनि सम्झौता भएको छ ।

यसअघि बेइजिङमा चिनियाँ प्रधानमन्त्री लि ख छ्याङ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको थियो ।

रुस भ्रमण सकेर भारतीय प्रधानमन्त्री सिंह मंगलबार राती चीन पुगेका थिए । उनले बुधबार चिनियाँ राष्ट्रपति शि चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सिंह सम्मानमा राष्ट्रपति शिले रात्रीभोज आयोजना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us