चेल्सी शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते १:२५ मा प्रकाशित

Champions-League-2013काठमाण्डु, ६ कात्तिक–च्याम्पियन्स लीगको पछिल्लो खेलमा चेल्सी र एथलेटिको मड्रिड विजयी भएका छन् । बार्सिलोना र एसी मिलानले भने बराबरी खेलेका छन् ।
गएराती भएको खेलमा चेल्सीले साल्केलाई ३–० गोल अन्तरले पराजित गर्यो । उसकालागि फर्नान्डो टोरेसले २ र एडन हाजार्डले एक गोल गरे । जीतसँगै चेल्सी समूह ‘ई’को शीर्ष स्थानमा उक्लिएको छ ।

गएराती नै भएको अर्को खेलमा एथलेटिको मड्रिडले एष्ट्रिया भियनालाई ३–० ले हराएको छ । बार्सिलोनाले भने एसीमिलानसँग एक–एकको बराबरी खेलेको छ । नवौं मिनेटमा रोभिन्डोको गोलबाट अग्रता लिएको मिलानलाई रोक्न लियोनल मेसीले २४ औं मिनेटमा गोल गरेका थिए ।

आर्सनल भने बोरोसिया डर्टमण्डसँग २–१ ले पराजित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us