
काठमाण्डु–योग गुरु रामदेवका भाइ रामभरतलाई अपहरणको मुद्दा लागेको छ । भारत उत्तराखण्डको हरिद्वार प्रहरीले अपहरणको मुद्दा दर्ता गरेको हो । सोमदत्त नामका एक व्यक्तिले आफ्नो नाति नितिन त्यागीको अपहरण रामदेवका भाइ रामभरतले १८ अक्टुबरमा गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले यसबारे कानुनी कारबाही अघि बढाएको जनाएको छ । रामदेवको पन्तजली योगपीठले भने यसबारे कुनै प्रतिकृया नदिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।