
काठमाण्डु, ४ कात्तिक–घरेलु मैदानमा वेस्ट ह्याम युनाईटेडसित अप्रत्यासित हार बेहोरेपछि पुनः लिगमा फर्कदै टोटनह्यामले एस्टन भिल्लालाई पराजित गर्दै ३ अंक बटुलेको छ । आईतबार राति खेलिएको खेलमा एस्टन भिलाको घेरेलु मैदानमा खेलिएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो ।
ईग्ल्याण्ड राष्ट्रिय टोलीको तर्फबाट मोन्टेनिग्रो विरुद्ध गोल गर्दै ईग्ल्याण्डलाई आगामी विश्वकपमा छनौट गराउन प्रमुख भुमिका खेलेका एन्ड्रोस टाउनसेन्डले टोटनह्यामकालागि खेलको ३१ औं मिनेटमा पहिलो गोल गरेका थिए । टोटेनह्यामको लागि दोस्रो गोल स्पेनका खेलाडी रोबर्टो सोलडाडोले गरे । जीतसँग टोटनह्याम लिग तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।
लिगको आठौं चरणको अन्तिम खेल सोमबार राति फुलह्याम र क्रिस्टल प्यालेसबीच हुने छ ।