एनआरएनए अध्यक्षमा शेष घले विजयी

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १२:१३ मा प्रकाशित

काठमाण्डु– गैरआवासीय नेपाली संघ एनआरएनए अध्यक्षमा आगामी दुई वर्षे कार्यकालका लागि अष्ट्रेलियाका धनाढ्य शेष घले निर्वाचिन भएका छन् । shesh_ghaleनयाँ नेतृत्व चयनका लागि काठमाण्डुको एक होटलमा आइतबार राति भएको मतदानमा तेन्जी शेर्पालाई पराजित गर्दै घले विजयी भएका हुन् । घलेले कुल मतको ६० प्रतिशतभन्दा बढी मत ल्याएका छन् । घलेले ५ सय १० मत पाएका छन्, शेर्पा भने २ सय ८० मतमा चित्त बुझाउन बाध्य भए ।

अध्यक्षका प्रत्यासी रामेश्वर साह, रामप्रताप थापा र हितमान गुरुङले घलेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । घलेलाई एकीकृत माओवादी र नेपाली काँग्रेस तथा उनका प्रतिद्वन्द्वी शेर्पालाई एमालेको समर्थन थियो ।

अधिकांश पदाधिकारी र सदस्यमा घले प्यानलकै बर्चस्व देखिएको छ । प्रथम उपाध्यक्षमा जापानका व्यवसायी तथा कारोबार दैनिकका प्रकाशक भवन भट्ट र द्वितीय उपाध्यक्षमा कतारका टिबी कार्की विजयी भएका छन् । भट्टले ३ सय ४८ र कार्कीले ३ सय मत पाएका छन् । महासचिवमा ३ सय ९५ मत ल्याएर जर्मनीका कुमार पन्त र सचिवमा २ सय ७३ मत ल्याएर अष्ट्रेलियाकी रञ्जु थापा विजयी भएका छन् । कोषाध्यक्षमा ४ सय सय ७४ मतसहित रसियाका बद्री केसी विजयी भएका छन् ।

यस्तै अमेरिका संयोजकमा सोनाम लामा, युरोप उप–संयोजकमा सोमनाथ सापकोटा, युवा संयोजकमा डा. राजेन्द्र केसी विजयी भएका छन् ।
यस्तै अमेरिका संयोजकमा सोनाम लामा, युरोप संयोजकमा अर्जुनकुमार श्रेष्ठ, मध्यपूर्व संयोजकमा चन्द्र रोका, युरोप उप–संयोजकमा सोमनाथ सापकोटा, एसिया प्यासिफिक संयोजकमा गंगा राई र युवा संयोजकमा डा. राजेन्द्र केसी विजयी भएका छन् ।

सर्वसम्मतिका लागि आइतबार दिनभर भएको प्रयास विफल भएपछि एनआरएनको १० वर्षे इतिहासमा पहिलोचोटि चुनावी प्रक्रियामार्फत नेतृत्व चयन भएको हो ।

यसअघि संस्थापक अध्यक्ष उपेन्द्र महतो तीन कार्यकाल तथा देवमान हिराचन र जीवा लामिछाने एकएक कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

को हुन् शेष घले ?
२०१४ सालमा लम्जुङमा जन्मिएका घलेले अष्ट्रेलियामा होटल व्यवसाय गरेका छन् । वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका उनले अष्ट्रेलियामा सूचना प्रविधिको क्षेत्र र कलेजमा पनि लगानी गरेका छन् । २ सय ५५ मिलियन डलर सम्पत्ति भएका उनी अष्ट्रेलियामै धनाड्य व्यक्ति मध्येमा पर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us