कसैले चाहँदैमा निर्वाचन रोकिन्न: खनाल

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते १०:३१ मा प्रकाशित

इलाम, ३ कात्तिक– एमाले अध्यक्ष  झलनाथ खनालले कसैले चाहेर पनि ४ मंसिरको संविधानसभा निर्वाचन नरोकिने बताएका छन् ।
JN-Khanalचुनावी अभियानका लागि इलाम निर्वाचन क्षेत्र नम्बर–१ पुगेका अध्यक्ष खनालले तोकिएकै मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने बताए ।
अध्यक्ष खनालले मुलुक हाँक्न सक्ने विचार र नेतृत्व क्षमता एमालेसँग मात्र रहेकाले आसन्न संविधानसभा निर्वाचबाट एमाले सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने दाबी गरे ।
एमाले नेपाली विशेषतासहितको संघीयताका पक्षमा रहेको भन्दै उनले बहुपहिचानको नारा दिएर चुनावी दौडमा होमिएको खनालको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us