बार्सिलोना तीन अंक बटुल्नबाट बञ्चित

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ८:०६ मा प्रकाशित

जारी ला लिगामा स्पेनिस सुपरजाइन्ट बार्सिलोना पहिलो पटक तीन अंक बटुल्नबाट बञ्चित भएको छ । शनिबारको खेलमा बार्साले ओसासुनासंग गोलरहित बराबरी खेल खेलेपछि बार्साले पहिलो पटक लिगमा अंक बाँडेको हो । लगातार १३ खेलमा जित दर्ता गर्दै आएको बार्साको विजयी खेल शनिबारको खेलबाट रोकिएको छ ।
बार्साले खेलमा गोलको खाता खोल्न नसकेको भने सन् २०१२ को जनवरीपछि कै पहिलो पटक हो । बार्साले ६५ खेलपछि शनिबार पहिलो पटक गोलरहित बराबरी खेल खेलेको हो । चोटपछि पहिलो पटक मैदान फर्किएका लियोनेल मेस्सीले पनि खेलमा बार्साका लागि खाता खोल्न सकेनन् । खेलमा बार्साले गोल गर्ने अवसरहरु नबनाएको भने होइन, पाएको अवसरको सदुपयोग गर्न नसक्दा बार्साले लिगतालिकाको पछाडीबाट पाँचौं स्थानमा रहेको ओसासुनासंग अंक बाँडन पुग्यो ।
ओसासुनासंग अंक बाँडेपनि बार्सा लिगको शीर्षस्थानमा रहन सफल भएको छ । शनिबार दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले जारी लिगमा पहिलो हार बेहोरेपछि बार्सा शीर्षस्थानमै रहन सफल भएको हो । शनिबार एटलेटिको म्याड्रिडले इस्प्यानोलसंग १–० को हार बेहो¥यो । शनिबारै भएका अन्य खेलमा रियल म्याड्रिडले मालागालाई २–० ले पराजित ग¥यो भने रियल सोसाइड्याडले भ्यालेन्सियाविरुद्ध २–१ को नतिजा निकाल्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us