आर्सनल लिग तालिकाको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ४:१० मा प्रकाशित

Arsenalकाठमाण्डु, ३ कात्तिक–ईङ्लिस प्रिमियर लिग अन्तरगत ८ चरणमा १९ अंकका साथ स्पस्ट अग्रता लिएर आर्सनल लिग तालिकाको पहिलो स्थानमा पुगेको छ । नर्विचलाई एकका विरुद्ध ४ गोलले पराजित गरि स्पस्ट ३ अंक हासिल गर्दै आर्सनलले लिग तालिकामा आफ्नो अग्रतालाई अझ बलियो बनाएको हो ।

सातौ चरणमा आर्सनलको समान अंकका साथ तालिकामा दोस्रो स्थानमा रहेको लिभर पुलले भने न्यूक्यासल विरुद्ध स्पस्ट जित निकाल्न सकेन । न्यूक्यासलसँग एक अंक बाढ्न बाध्य भएको लिभरपुल १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा झरेको छ । कार्डिफसँग ४–१ को स्पस्ट जीत निकाल्दै आर्सनल लिभरपुलको समान १७ अंकका साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा उक्लिएको छ । गत वर्षको लिग विजेता म्यानचेस्टर युनाईटेलाई भने साउथ हेम्प्टनले स्पस्ट जीत हासिल गरि लिग तलिकामा स्थान सुधार गर्ने चाहना पुरा हुन दिएन । साउथ हेम्प्टनसँग एक–एकको बारबारीमा रोकिन पुगेको म्यान्चेस्टर युनाईटेड लिग तालिकाको आठौं स्थानमा छ ।

शनिबार राति भएका अन्य खेलमा ईभर्टनले हल सिटिलाई १ का विरुद्ध २ गोलले पराजित ग¥यो भने स्टोक सिटि र वेस्ट बु्रमबीचको खेल गोल रहित बराबरीमा टुङ्गियो । त्यस्तै स्वानसी सिटिले सन्डल्याण्डलाई शून्यका विरुद्ध ४ गोलले पराजित ग¥यो । म्यान्चेस्टर सिटि वेस्ट ह्यामलाई एकका विरुद्ध ३ गोलले पराजित गर्दै लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us