भारतविरुद्धको खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते २:१४ मा प्रकाशित

faulknerकाठमाण्डु, ३ कात्तिक–भारत विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको छ । यो जितसँगै अष्ट्रेलियाले ७ खेलको श्रृंखलामा २–१ को अग्रता लिएको छ ।
भारतले दिएको ३ सय ४ रनको लक्ष्य अष्ट्रेलियाले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेटायो । अष्ट्रेलियालाई जितउन जेम्स फल्कनरले २९ बलमा ६४ रन बनाए । यस्तै अविजित रहेका एडम भोग्सले ७६ रन बनाए ।

यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३ रन बनाएको थियो । भारतका कप्तान महेन्द्रसिंह धोनी १ सय ३९ रन बनाएर अविजित रहे । विराट कोहलीले ६८ रनको योगदान गरे ।

भारत र अष्ट्रेलियाबीचको चौथो खेल बुधबार राँचीमा हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us