पुरुषतर्फको उपाधि २८ विगाहा र महिलातर्फको उपाधि भुताहालाई

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १३:२१ मा प्रकाशित

परासी, २ कात्तिक– नवलपरासीको देउराली सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र देउराली–५ बेलुवाको आयोजनामा संचालति प्रथम जिल्लास्तरिय नकआउट  फुटवल प्रतियोगिताको उपाधिमा जागरुक युवा क्लब २८ बिगाहाले कब्जा गरेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा होण्डा शो रुम केउरेनिलाई ४–२ ले पराजित गर्दै जागरुक युवा क्लबले उपाधि कब्जा गरेको हो । उपाधि विजेता जागरुकले नगद रु ३० हजार प्राप्त गरेको छ भने उपबिजेता होण्डा शोरुमले २० हजारमा चित्त बुझाएको छ ।

यस्तै महिला फुटबलतर्फको उपाधि पञ्चनगर युथ सर्कल भुताहाले कब्जा गरेको छ ।  शनिबारै भएको फाइनल खेलमा आयोजक देउराली सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र देउरालीलाई १ का विरुद्ध २ गोल गर्दै भुताहाले उपाधि कब्जा गरेको हो । उपाधि विजेता पञ्चनगरले नगद रु १० हजार प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५ हजारमा चित्त बुझाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us