प्रचण्डलाई रोक्न खोज्ने माओवादी नेता पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक २ गते ७:४१ मा प्रकाशित

काठमाण्डु २ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई रोक्न खोज्ने नेकपा–माओवादीका डोटीका इन्चार्ज विवेक कुमाल पक्राउ परेका छन ।

prachandaसंविधानसभा निर्वाचन बहिस्कार अभियानमा उत्रिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले उच्चस्तरिय राजनीतिक समितिका शीर्ष नेताहरु पुग्ने जिल्ला बन्द गर्ने पूर्वघोषित कार्यक्रमअनुसार शनिबार डोटी बन्द आब्हान गरिएको थियो भने डोटी,अछाम र बाजुराका कार्यक्रममा सम्बोधन गर्ने प्रचण्डको कार्यक्रम थियो ।

काठमाण्डुमा संबिधानसभा निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरी प्रचण्ड हेलिकोप्टरमा ती जिल्लामा गएका छन ।

प्रहरीले कुमाल सहित सह–इञ्चार्ज दीपेन्द्र चलाउने,जिल्ला सचिव गणेश रैकाल,जिल्ला सचिवालय सदस्य वीरबहादुर थापालाई शनिवार बिहान सिलगुडीबाट पक्राउ गरेको नेकपा–माओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us