निर्वाचन पर्यवेक्षण गर्नेको संख्या ७६ हजार नाघ्यो

काठमाण्डु टुडे २०७० कार्तिक २ गते ७:३० मा प्रकाशित

काठमाण्डु २ कात्तिक–आगामी मंसिर ४ गने हुने संविधानसभा निर्वाचनमा पर्यवेक्षण गर्ने संघसंस्थाको संख्या ५३ पुगेको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमति लिएर दर्ता हुनु पर्ने प्राब्धान अनुसार स्वदेशी संघसंस्थाकै संख्या ५३ पुगेको हो ।
५५ वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति लिएको भए पनि दुईवटा संस्था राष्ट्रिय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्र, भक्तपुर र ह्याण्ड इन हयाण्ड फाउण्डेशन सिनामंगलले भने पर्यवेक्षण गर्न असमर्थ भएको आयोगलाई जानकारी गराएका छन् ।
त्यसैले अव ५३ वटा संघसंस्थाका ७६ हजार २ सय १७ जनाले निर्वाचन पर्यवेक्षण गर्नेछन् । त्यसबाहेक इयु, कार्टर सेन्टर लगायतका केही विदेशी संस्थाले पनि पर्यवेक्षणका लागि अनुमति लिएको निर्वाचन आयोगले जनाएको छ ।

Observer

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us