
चितवन, २ कात्तिक–चितवनको नारायणगढ मुग्लीन सडक खण्ड अन्तर्गत ५ किलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन् ।
नारायणगढबाट मुग्लीनतर्फ जाँदै गरेको ना ४ ख ८२५४ नंको ट्रकको पछाडि नारायणगढबाट काठमाडाँैतर्फ जाँदै गरेको लु १ ख ६५५१ नंको बस ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
बस तीव्र गतिका कारण ठोकिएको बताइएको छ । घाइते सबै बसमा सवार यात्रु भएको प्रहरीले जनाएको छ ।