वर्षाका कारण प्रचारात्मक अभियान प्रभावित, अब उम्मेदवार भेटघाट र आमसभामा व्यस्त हुने

काठमाण्डु टुडे २०७० असोज ३० गते १६:४३ मा प्रकाशित

काठमाण्डु, असोज –मध्य दसंैमा परेको अविरल वर्षाले दसंै मनाउनेलाई बिचल्ली त तुल्यायो नै, निर्वाचन प्रचार प्रसारलाई समेत प्रभावित पायो ।
विजया दशमी मनाउने सिलसिलामा सहरबाट गाउँ पुगेका बासिन्दासँग निर्वाचनको प्रसार प्रचारका लागि उम्मेदवारले तय गरेका कयौँ कार्यक्रम वर्षाका कारण स्थगित हुन पुगे ।
दसैंको समयमा गाउँघरमा गरिने चियापान, भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमले निर्वाचनको माहोल सिर्जना गर्न ठूलो योगदान पु¥याउथ्यो । यस्तै जमघटमा गाउँलेबीच जित्ने र हार्ने उम्मेदवारबारे चर्चा परिचर्चा हुन्थ्यो ।  तर लगातारको वर्षाले यस्ता खाले जमघटलाई नै खुम्च्याइदियो ।
राजनीतिक दल र उम्मेदवारले दसंैको अवसरमा जुन ढङ्गले निर्वाचन प्रचार प्रसार गर्ने सोच बनाएका थिए त्यसलाई वर्षाले केही हदसम्म बिथोलिदियो । दसैं मान्न गाउँ पुगेका स्थानीयवासीलाई तुरुन्त सहर फर्कनुपर्ने चटारोलाई दृष्टिगत गरी दसैंकै बीचमा त्यस्ता मतदातासँग भेटघाट र साक्षात्कार गर्ने राजनीतिक दलको तयारीलाई पानीले अवरोध खडा गरिदियो ।
विभिन्न कारण सहरमा बसेका र चाडपर्व पारेर मात्र गाउँ आउने त्यस्ता मतदातालाई झरीमै पनि राजनीतिक दलका उम्मेदवारले भेटेर मङसिर ४ को निर्वाचनमा मत खसालेर मात्र सहर फर्कन वा अनिवार्यरूपमा मतदान गर्न  आउन आग्रह गरेका थिए ।
राजनीतिक दलहरूले यस वर्षको दसैं, तिहार र छठ पर्वको समयमा शुभकामना आदान प्रदान तथा घरदैलो कार्यक्रम गरी चुनावी माहोल आ–आफ्नो पक्षमा पार्न गाउँगाउँमा निर्वाचन प्रचार प्रसारका कार्यक्रम औपचारिक रूपमा सुरु गरे ।
दसंैको समाप्तिसँगै गाउँगाउँमा पुगेर आफ्नो चुनावी प्रचारलाई तीव्रता दिन अधिकाँश राजनीतिक दलले चुनावी योजना बनाएका छन्  । अहिले ती दल पहिलो चरणमा निर्वाचन परिचालन कमिटी बनाउने,  दोस्रो चरणमा घरदैलो गर्ने तथा तेस्रो चरणमा क्षेत्र र जिल्ला सदरमुकाममा बृहद् आमसभा गर्ने योजनासहित गाउँ छिर्ने तरखरमा छन् ।
यसैबीच, नेपाली काँग्रेसबाट तेह्रथुम जिल्लाका उम्मेदवार तुलसी सुब्बाले मध्य दसैंमा परेको अविरल वर्षाले दसैंमात्र होइन, निर्वाचन प्रचार प्रसारका लागि तय गरिएको भेटघाट र चियापान कार्यक्रमसमेत अस्तव्यस्त भएको बताए ।
एमाओवादीका तर्फबाट सल्यान जिल्लाबाट अघिल्लो संविधानसभामा प्रतिनिधित्व गरेका उमाकान्त शर्माले अब तत्कालै गाउँ गएर स्थानीय स्तरमा बैठक र भेटघाटका कार्यक्रम गर्ने, विवाद, अन्तरविरोध र अन्तरसङ्घर्षलाई मेलमिलापमा परिणत गर्ने तथा गाउँ, क्षेत्र र जिल्ला स्तरीय आमसभाको कार्यक्रम गर्ने योजना बनाइएको बताए ।
नेकपा (एमाले)बाट अघिल्लो संविधानसभामा म्याग्दीबाट प्रतिनिधित्व गरेकी नेत्री थममाया थापाले जिल्ला र क्षेत्रमा निर्वाचन परिचालन कमिटी बनाउने, घरदैलो गर्ने तथा वडा, गाउँ कमिटीमा उम्मेदवारसँग भेटघाट गर्ने जस्ता कार्यक्रम अब तत्कालै सुरु गरिने जानकारी दिइन ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरीले दसंै, बकर ईद र वर्षाका कारण केही दिन निर्वाचनको औपचारिक प्रचार प्रसार स्थगन गरिएपनि अनौपचारिक रूपमा घरदैलो र मतदातासँगको भेटघाटले भने निरन्तरता पाइरहेको प्रतिक्रिया दिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशैभर निर्वाचनको पक्षमा जनलहर फैलाउन एक पटक आफूले विभिन्न जिल्लामा पुगेर जनताको राय सङ्कलन गरिसकेको प्रतिक्रिया दिए । उनले भने‘अघिल्लो निर्वाचनको जस्तो जनतामा उत्साह नभएपनि सङ्क्रमणकाललाई निकास दिन निर्वाचन हुनै प¥यो, मतदान गर्ने प¥यो भन्ने खालको आम मतदाताको अभिव्यक्ति रहेको छ, साँस्कृतिक टोलीसहित निर्वाचनको प्रचार प्रसारका लागि पार्टीले कार्यक्रम सञ्चालन गरिरहेको छ ।’
अघिल्लो व्यवस्थापिका–संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले निर्वाचनको प्रचार प्रसारका लागि घरदैलो, क्षेत्रीय सभा, एकता यात्राका क्रममा जिल्ला जिल्लामा आभसभा गरिने कार्यक्रम पार्टीले तय गरेको जानकारी दिए ।
मध्य दसंैमा भएको वर्षाले हिड्डुल गर्न कठिनाइ भएर गाउँ टोलमा गर्ने भनिएका शुभकामना तथा भेटघाटका कार्यक्रम प्रभावित भएपनि अब तुरुन्तै घरदैलो र सामूहिक भेटघाटलाई निरन्तरता दिइने अघिल्लो संविधानसभाका सभासद् चन्द्रलाल मेचेले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us