राष्ट्रिय महिला फुटबलमा २८ समूहबीच प्रतिस्पर्धा हुने

काठमाण्डु टुडे २०७० असोज २९ गते ८:५८ मा प्रकाशित

काठमाण्डु, २९ असोज– १५औँ राष्ट्रिय महिला फुटबल प्रतियोगितामा २५ जिल्ला र तीन वटा विभागीय टोली गरी २८ समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव धीरेन्द्र प्रधानले दिएको जानकारी अनुसार आगामी कात्तिक ३ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको विभागीय टिममा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् । प्रतियोगिताका खेलहरू नवलपरासीको बर्दघाट र मकवानपुरको हेटाँडामा संयुक्तरुपमा हुने छन् ।
नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूह बिजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको बिजेताले रु तीन लाख र उपबिजेताले रु एक लाख ५० हजार पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई पनि जनही रु २५ हजार प्रदान गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us