पेरुमा ट्रक दुर्घटनामा ५२ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज २७ गते ११:३२ मा प्रकाशित

लिमा, २७ असोज–दक्षिणपूर्वी पेरुमा गत शुक्रबार राती भएको एक ट्रक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ । सो ट्रक खाल्टोमा खस्दा ट्रकमा रहेका सवै यात्रुको मृत्यु भएको राष्ट्रिय प्रहरीले शनिबार जानकारी दिएको छ ।
प्रान्तीय राजधानी सास्ता टेरेसामा एक पार्टीबाट  फर्किरहेको सो ट्रक दुई सय मिटर गहिराईमा खसेको जनाइएको छ । दक्षिणपूर्वी प्रान्त ला कोन्भेन्सीनमा भएको सो दुर्घटनामा १३ जना बालबालिका समेत रहेका जनाइएको छ । अधिकारीहरूका अनुसार यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको छ । तर चालकले मादकपदार्थ  पिएको हुनाले दुर्घटना भएको अनुमान गरिएको छ । पेरुमा सडकको नाजुक अवस्थाको कारण बारम्बार दुर्घटना हुने गरेको समाचारमा उल्लेख छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us