दिवाकर स्मृति फुटवलको उपाधि गर्दीलाई

काठमाण्डु टुडे २०७० असोज २५ गते १४:५२ मा प्रकाशित

चितवन, २५ असोज–माडीको बसन्तपुरमा जारी दिवाकर स्मृति जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि गर्दी खेलकुद परिषदले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लवलाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गदै गर्दीले उपाधि उचालेको थियो ।

उपाधि विजेता गर्दी खेलकुद परिषदले नगद १ लाख सहित ट्रफी तथा उपविजेता बसन्तपुर युनाइटेडले ५० हजार सहित ट्रफी हात पारेको आयोजकले वताएको छ ।

खेल अवधिभर सर्वोत्कृष्ट खेलाडीमा नाइजेरियन खेलाडी इमाटो सेवन, उत्कृष्ट गोलरक्षक समाज सुधारका अनुप हरिजन, वेस्ट डिफेन्स बसन्तपुर युनाइटेडका अजय पौडेल, वेस्ट फरवार्ड गर्दीका रितेश मल्ल, सर्वाधिक गोलकर्ता गर्दीकै कन्या गुरुङ र फाइनल अफ द म्याच बसन्तपुरका कृण्ण श्रेष्ठ घोषित भएको संचार संयोजक रमेश पाण्डेले जानकारी दिए ।

चितवन जिल्लाकै सर्वाधिक धनराशीको यस फुटबल प्रतियोगितामा जिल्लाभित्रका १६ वटा टिमहरुको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us