विश्वकपको टिकट किन्न ६१ लाख बढी आवेदन

काठमाण्डु टुडे २०७० असोज २५ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, २५ असोज–विश्वकप फुटबलको लागि उपलब्ध टिकटभन्दा झण्डै दोब्बर माग भएको छ । फिफाका अनुसार साढे ६१ लाख भन्दा बढी टिकट माग गर्दै आवेदन परेको छ ।

२ सय ३ देशबाट ६१ लाख ६४ हजार भन्दा बढी आवेदन परेको छ । आगामी बर्ष हुने विश्वकप फुटबल आयोजक ब्राजिलबाट मात्रै ७० प्रतिशत भन्दी बढी माग भएको विश्व फुटबल महासंघ (फिफा)ले जनाएको छ ।

धेरै माग भएपछि फिफाले लक्की ड्र मार्फत् टिकट बेच्ने तयारी गरेको छ । आगामी नोभेम्बर महिनाबाट टिकट बेच्न शुरु हुने फिफाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us