काठमाण्डु, २५ असोज–नेपाली खेलाडी रोहीत चन्द इन्डोनेसियाको सुपर लीगमा उत्कृष्ट दस खेलाडी भित्र परेका छन् । इन्डोनेसियन सुपरलीगको शुरुमा पी.एस.पी.एस पेकानबरु क्लबबाट खेलेका रोहितले पछिल्लोपटक पेर्सिजा जाकार्ताबाट खेलेका थिए ।
एट्याकिङ मिडफिल्डको रुपमा खेल्ने रोहितले सुपरलीगमा दुई गोल पनि गर्न सफल भएका थिए । हाल भने रोहीतको पेर्सिजासँगको सम्झौता सकिएको छ ।
उनी चार महिनाकालागि मच्छिन्द्र क्लबसँग आबद्ध भएका छन् ।