असुरमहात्म्य, शक्ति–भक्ति र दसैं

काठमाण्डु टुडे २०७० असोज २५ गते ११:४४ मा प्रकाशित

Narendra-Jang-Pitar‘हामीसंग सांस्कृतिक दवाव यति छ कि बजारले संस्कृतिलाई नियन्त्रित र निर्देशित गरिरहेको हुन्छ ।  धमृ र संस्कृति पनि भिन्न भेउ हुँदैन। बजार संस्कृति र दसैं घालमेल भएका छन् भने विज्ञानचेत बढाउने  मिडिया पनि अन्धविश्वास फैलाउने माध्यम बनेका हुन्छन् । मूलधार भनिने मिडियामा एण्टी करेण्ट वा एण्टी मार्केट मिडियासामाग्री बन्न सक्दैन । अझ विज्ञापनसोचका विमतिमा लेख रचना हुँन सक्दैन । यो लेख समग्र खोजी नभई वैद्धिक इतिहासको अध्ययन प्रवेश मात्र हो । यो केही ठूला पत्रिकाले छाप्न अस्वीकार गरेको लेख पनि हो ।’

हरेक पर्वहरु आफ्ना समयका युद्ध र राजनीतिक गाथाका स्मरणबन्दै सास्कृतिक चरित्र ग्रहण गर्छन् । प्राकृतिक पुजक आदिवासीमा भने प्रकृतिका चमत्कार, भय, आशा र अपेक्षासंग जोडिएका पर्व–इतिहास हुन्छ्  । दुवै कालान्तरमा धर्म र कर्म रुपलिँदै पर्व र सस्कृतिमा फेरिन्छन् । अझ चुनाव राजनीतिको शान्तिपूर्ण युद्ध हो भने दसैं रक्तरंजित युद्धमय राजनीतिको सांस्कृतिकिकरणको स्मरण मात्र हो ।  आस र त्रास मनोविज्ञान भनेको शक्तिका उपासक हुन् । जित्ने नायक ठहरिदै देवता बन्छ र हार्नेका कुरुपगाथा रचिँदै राक्षस वा सैतानमा दरिन्छन् । यसमा शक्ति–सौन्दयशास्त्रीहरुको दिमागी चमत्कार हुन्छ । आर्य र अनार्यको युद्धको स्मरण नै दसैंमहात्म्य हो । रावण र महिषासुरसंगको रणविजय नै यस प्रायद्धिपमा आगन्तुक आर्यहरुको दसैंमहात्म्य हो । जित्ने देवता बने हार्ने राक्षस । जित्नेको प्रसंसाको निरन्तरता संन्तान र अनुयायीले गर्ने भए नै । आदिवासी असुरहरु यति सुरविर रहे कि जित्ने जातिले त्यसलाई युगौँसम्म निरन्तरता दिँदै  पर्व नै मनाउन थाल्यो । कलान्तरमा त्यो दसैमहात्म्य बन्यो ।

देवासुर संग्राम कुनै दैवीकालमा नभएर आर्यहरुको यस उपमहाद्धिपमा आगमनसंगै रैथाने अनार्य र आगुन्तुक आर्य बीचको लडाई गाथा हो, आइरन एजको  । असुर कुनै हिन्दु वैद्धिकग्रन्थमा वीभत्स चित्रण गरिएका राक्षस नभएर भारतको झारखण्ड, उडिसा र पश्चिम बंगालमा रहेका  लोपोन्मुख आदिवासीहरु हुँन जस्को जनशंख्या  १९९०को जनगणना अनुसार १०,७१२ रहको छ । झारखण्डमा मात्रै ७,७८३ रहेका छन् । त्यहाँ इसापूर्व ६ हजार वर्ष पहिलादेखी नै मुण्डाहरुको उपस्थिति छ । आर्यसंगको पराजयपछाडि मात्र असुरिया सभ्यता र शक्तिशाली असुर राज्यको पतन सुरु भयो ।  लौहयुगका जनक असुररुको मूख्य पेशा फलाम गलाउने प्राचिनविधी भनेको अन्य जातिमा केही अफ्रिकी आदीवासीमा मात्र अहिले पाइन्छ । पूर्ववैद्धिक र वैद्धिककालमा अत्यन्तै सुर, वीर र लडाका असुर जातीकावारे नृवंशशास्त्रीहरुले अनेकौँ अन्वेसन गरेका छन् । श्रृग्वेद तथा ब्राहमण, अरण्यक, उपनिषद र महाभारत आदी ग्रन्थमा असुरहरुको अनेकौँ ठाँउमा उल्लेख छ । उनीहरुको सुर विरताको मुक्तकण्ठले प्रसंसा समेत गरेको पाइन्छ । सिन्धघाँटी सभ्यताको प्रतिस्ठापक असुर नै हुँन् । मोहनजदेडो र हडप्पा सस्कृति असुर सम्बन्धित भनिन्छ ।  अहिले भने मुख्य असुरवस्ती झारखण्डमा पनि गुमला, लोहारदंगा, पालमु र लातेहार जिल्लामा छन् । समाजशास्त्री के. के. ल्युमाका अनुसार अहिलेका असुरहरु महाभारतकालीन असुरवंश नै हुँन भन्ने भनाई छ ।  जव झारखण्डी कबियत्री सुषमा असुरले दसैँ महिमामण्डन प्रति आपत्ति जनाउदै ‘म एउटी असुरपुत्री तपाईहरु सवैसंग अपिल गर्दछु कि हाम्रो हत्यामंचनको नस्लिय पर्ब बन्द गर्नुस् । तपाईहरु त सर्माथ्य र सभ्य समुदायको हुनुहुन्छ, फेरी यति ज्ञानी भएर पनि हत्याको धार्मिक आयोजन किन गर्नुहुन्छ ?’ अपिल गरिन् तव देवासुर संग्राम, वैद्धिक इतिहास, राजनीति, शक्ति र बली फेरी बहसमा आए । धार्मिक होस् या प्राचिन वा लिखत इतिहास बहस विहीन कहिल्यै पनि हुँदैन । अहिले एकातर्फ दसंैमहात्म्य जोडतोडसंग चलेको छ अर्कातर्फ महिषासुर र रावणको सहादत दिवस पनि असुरहरुले मनाँउदैछन । दिल्लीको जेयनयु, वंगालको पुरुलियामा र विहार पटनामा अझ विचारगोष्टी, कार्यक्रमहरु हुँदैछन् । अधिकांस कार्यक्रममा कवियत्री एवं सक्रियतावादी सुषमा असुरको पनि उपस्थिति हुँदैछ ।    लोपोन्मुख असुरजातिले दसंैलाई ‘हत्यामंचनको नस्लिय पर्ब वा वैद्धिक आर्यलम्बी हिन्दुहरुले विजय पर्व मान्दछन् । जो जहाँ उभिएको छ सुन्दर र कुरुप सौन्दर्यगाथा त्यसै अनुसार हुँने भयो । शक्ति महिमा शक्तिको गुण गाँउने भईहाल्यो । युोपियनहरुलाई कोलम्बस अमेरिका पत्ता लगाउने महान मान्छे भन्छन् भने त्यहाँका आदीवासी रेड इण्डियनले हत्याका मसिहा । युद्ध र पर्वहरुलाई पनि आस्था, विश्वास, पक्षधारिताका आधारमा हुन्छन् । एउटाको विजय अर्काको नास वा पराजय हुन्छ । मानवजातिको इतिहास युद्ध र वर्ग टकराहटको हो । संसारका वैद्धिकग्रन्थ र लिखत इतिहास यसै भन्छ । कुरा यति हो ……..को, कस्लाई, कस्ले देवता वा राक्षस,  सैतान वा हैवान बनाएको छ भन्ने हो ।  जित्नेको इतिहास हुन्छ प्रतिकारक वा पराजयका लोककथा बन्छन् यतिमात्र हो ।

दसैको बलीमहात्म्य ठूलो छ । अझ तन्त्र साधकहरुले त सिद्धीका लागी नवरात्रीमा नरवली नै दिन्छन अरे । यस्तै पाखण्डको विरोधी सक्रियतावादी डा. नरेन्द्र दावेलकरको यसैवर्ष पुनामा हत्या भयो । बली र शक्ति बीचको सम्बन्ध अजवको हुन्छ । दसैं बली चढाएर गरिने शक्तिको उपासना पनि हो । इस्लाममा पनि कुर्वानीले विशेष महत्व राख्छ । दसैंका अनुयायी भनेकै आपूmसंग जे छ त्यो बली दिएर शक्तिको भक्ति गर्नु हो र पुराना हतियारमा साँध लगाउनु हो । खिया परेका विचारको हतियार होस् वा कोतमा थन्क्याएका औजार । अहिंसावादी छ भने पनि कुभिण्डो, लौका, घिरौलाको बली दिने । कहीँ पशु बली, कतै नरबली, कतै विचारको, आर्दशको सिद्धान्तको, मूल्य मान्यताको बली दिन्छन्, लिन्छन् र भोग चढाउछन्, खान्छन् ।  नायक र खलनायक बन्ने, बनाउने हुन्छ । सौन्दर्यता महिमामण्डन गर्ने वा विभत्सता चित्रण गर्ने भनेको शक्तिको भक्तिगर्दा  को, कहाँ कसरी उभिएको छ भन्ने मात्र हो । कोतमा, मौलामा भक्कुको रागोँ छप्काउने कि लिगलिगे दौडेर सत्ता हत्याउने कुरा यति मात्रै हो । जितिसकेपछि युद्धको औचित्य विजेताले गर्ने भई हाले । दोस्रो विश्वयुद्धमा हिटलर, मोसोलिनीे र तोजोले जितेका भए शक्तिका प्रशंसकहरुले उनीहरुका महिमामण्डन गर्थे । समकालीन इतिहासको अर्को पाटो हुँदैनथ्यो भन्न सकिँदैन । आप्mना समयका क्रुरः शासकका सामुने स्वस्ती गर्ने र यथास्थितिको रक्षा गर्ने राजविदुषक कहाँ पो नरहेका हुँन र ….।  देवासुर संग्रामगाथा वा शक्तिको भक्तिको स्मरण गर्ने भनेको अहिलेको दसैं पर्व नै हो । त्यो जव चिन्तनमा, संस्कारमा र व्यबहारमा फेरिन्छ तब शक्तिप्राप्त गर्न जे गरे पनि औचित्य दिलाउन सकिन्छ भन्ने आर्दशको शक्ति नभई शक्तिको आर्दश हुँन पुग्छ ।     शक्ति र बलीको चर्चा गर्दा दसै र आसंन्न चुनावको प्रसंग नआउने कुरा हुँदैन । को देव बन्ने कस्लाई असुर बनाउने भन्ने हुन्छ । अझ बली सस्कृतिमा शक्ति आर्जन हुँनेहुँदा कस्ले  कस्लाई कसरी बली दिने र कसरी भोग खाँने भन्ने हुन्छ ।  दसैं सांस्कृतिक पर्व र चुनाव राजनीति भए पनि एक–अर्कासंग जोडिएका हुन्छन् । दसैं देवासुर संग्राममा आर्यले अनार्यलाई पराजयको संस्मरण हो । त्यो तत्कालीन शक्ति संर्घष, युद्धमय राजनीति थियो र पर्वको रुपमा विकसित भयो । नत्र सुषमा असुरले ‘सभ्याजाति’लाई नस्लिय उन्मादमा नफस्न आग्रह गर्नुपर्ने थिएन ।  एकातर्फ वैद्धिक इतिहास र राजनीतिको सम्झना अर्कातर्फ बली दिएर शक्तिको उपासना हो, दसैं । कसैले पनि बाघ र भालुलाई यस दुनियामा बली दिएको थाहा छैन् धर्मशास्त्रमा पनि लेखेको पाँईदैन । हो, साच्चै बलियाबांगालाई त कसैले पनि बली दिँदैन् भक्कुको राँगो बन्न नचाहनेलाई शक्तिले पर्सदैन । चुनावी रंगंमंचमा तुजुग देखाउनेहरु अहिले कतै कसैको भक्कुको राँगो त बन्दैछैन् ? भन्ने हुन्छ पनि । अहिले भने शक्तिको उपासना र चुनावी–म्याराथुन दौडमा व्यक्तिले, समाजले, पार्टीले, व्यक्तित्वमा विकास भएका मनुवाहरुले धेरै चिजविज बली दिदैछन् । दसैंमा त पशुपंक्षी वली  र नक्कली पशुबली हुन्छ तर शक्ति आर्जन गर्ने चुनावमा भने बलीमा के, के चढे र चढाँइदै छ त – आफना आब्रु रक्षा गर्न नसक्नेहरु देशको स्वभिमान गर्न तम्सेका छन,  सिद्धान्तको बली दिनेहरु राष्ट्रिय सिद्धान्त रच्ने पाखण्ड गर्दैछन । निजी, पुजी र पिउसाप्रति आशक्तहरु सामुहिक हितको रक्षा गर्ने विज्ञापित हुँदैछन् ।  हाम्रा मात्रै सवै राम्रा भन्दै शक्तिशाली रक्तसम्बन्धलाई माहुर लगाँउदैछन् । स्वभिमान बन्धकी राख्नेहरु मानविय स्वभिमानका वकालत गर्दैछन् ।   निर्धाका वकिलहरु शक्तिको बुई चढेर अग्ला देखिदैछन् ।  दसंैको यो मौषममा धेरैले औकात अनुसारको बली दिँदैछन । चुनाव लिलामीमा छ, टिकट लिलामी बढाबढ भयो, अन्तरघाती बन्धुबान्धबको बलि चढाउन खुकुरीमा साँध लगाएर बसेको छ । मूल्य, मान्यता सिद्धान्तका कुरा छोडिदिँउ,ती त सबैका सवैबली चढिसके ।  परिणाम आएपछि कार्यको आर्दशिय औचित्य दिलाउन सकिन्छ भनेर शक्ति उपासना हुँदैछ् । नाटक यत्रतत्र देखिँदैछन् । शक्तिपीठहरु रक्तपिपासु हुन्छन् । भोगका प्यासा हुन्छन । शक्ति उपासनाकालागी शक्तिप्यासाहरु सवै भोग चढाउन म्याराथुनमा दौडेका छन । जो त्यस रेसमा असफल भएका छन्, हारेका छन्, थाकेका छन् सडक किनारामा पुर्पुरो ठोक्दै  आर्दश कुण्ठा प्रलापी रहेकाछन् । स्वभिमान र आर्दश चोकमा  दशै बजार बन्दै लिलाम  बढाबढमा बली चढेको छ । त्यसैले दसै, बली, आसुरी र दैवी शक्तिको बीचमा सबभन्दा ठूलो सिद्धान्त भनेको शक्तिसिदान्त जोडिएको हुन्छ । आस्था र कित्ताबन्दी अनुसार रावण, महिषासुर र शक्तिपिठ  एवं राम पुज्य हुन्छन् । यि वैद्धिक इतिहासको सास्कृतिक पर्वरुपी स्मरण मात्र हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us