जहाँ १० बर्षीया बालिकाको कुमारित्व लिलाम हुन्छ

काठमाण्डु टुडे २०७० असोज ३१ गते ४:१८ मा प्रकाशित

colombia1काठमाण्डु-लागुऔषधको कारोबारमा कुख्यात एक समूह १० बर्षीया बालिकाहरुलाई भर्ति गर्छ र उनीहरुको कुमारित्व लागुऔषध माफिया वा विदेशी पर्यटकसँग लिलाम गर्छ । अभिभावकहरुलाई धम्क्याएर, प्रलोभन देखाएर ससाना बालिकाहरुलाई उठाएर हिँड्ने यो समूहको फन्दामा परेकाहरु ठूलो हुँदै गएपछि वेश्या बन्न बाध्य हुन्छन् ।

यो कुनै फिल्मको कथा होइन । यो त कोलम्वियाको एक ‘स्ट्रीट ग्याङ’को वास्तविक कुरा हो । यो ग्याङको नेतृत्वकर्ता हो पाब्लो एस्कोबार । कोलम्वियाको मेडेलिन शहरमा बस्ने उ विश्वकै ठूलो लागुऔषध कारोबारीमा चिनिन्छ । टिनएजका केटीहरुसँग सेक्स गर्ने उसको सोख हो । त्यसैले उ गाउँ गाउँमा गएर १० बर्षीया बालिकाहरुको खोजी गर्छ र नियन्त्रणमा लिन्छ । अभिभावकहरुलाई आर्थिक मद्दत गर्ने लोभ देखाइन्छ र नमाने मार्ने धम्की दिइन्छ । जसरी भए पनि बालिकालाई नियन्त्रणमा लिएर उनीहरुको कुमारित्व बिक्री गरिन्छ ।

मेडलिन शहरमा एक एनजीओ चलाउँदै आएका लुईस पार्डो भन्छन्, ‘१० बर्षीया बालिकालाई थुप्रै व्यक्तिहरुकोमा लगिन्छ र उनीहरु विस्तारै विस्तारै वेश्या बन्छन् ।’ उनका अनुसार विश्वमै कुख्यात मेडलिन शहरमा कडा सुरक्षासँगै लागुऔषध कारोबार त कम भएको छ तर सेक्स बजारको रुपमा रुपान्तरण भएको छ ।

मेडलिन महिला अधिकारकी निर्देशक क्लारा भन्छिन्, ‘यहाँ महिलाहरुलाई यौन साधनको रुपमा मात्र बुझिन्छ ।’

मेडलिन विश्वको सबैभन्दा खतरनाक शहर मध्येको एक हो । त्यहीँ बस्ने पाब्लो एस्कोबार कुख्यात अपराधी मध्यको एक हो । उसको सन् १९९३ मा प्रहरीसँगको भुठभेडमा मृत्यु भएको थियो । तर उ जिउँदो रहँदासम्म सरकारी सुरक्षाकर्मीसँग भिडन्त र विष्फोट नभएको दिन हुँदैनथ्यो । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us