भारतसँग अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाण्डु टुडे २०७० असोज २५ गते ८:२३ मा प्रकाशित

yuvraj_singhकाठमाण्डु, २५ असोज–अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी क्रिकेट म्याचमा भारत विजयी भएको छ । सुरतमा भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।
२ सय २ रनको विजय लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा विजय लक्ष्य भेटायो ।

भारतको जीतकालागि युवराज सिंहले ३५ बलमा ७७ रन जोडे । उनले आठ चौका र ५ छक्का प्रहार गरे । महेन्द्र सिंह धोनी २४ रनमा अविजित रहे । एक समय भारतले १ सय रनमा चार विकेट गुमाइसकेको थियो र ११ ओभर समाप्त भैसकेको थियो । कम विकेटमा रनरेट बढी ल्याउनु पर्ने दवाव भारतीय खेलाडीलाई थियो । तर युवराजले सबैभन्दा वहुमूल्य पारी खेलेपछि भारतले १९ ओभर ४ बलमा विजय लक्ष्य भेटाउन सफल भयो ।

यसअघि टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रनको योगफल तयार पारेको थियो । उसकालागि एरोन फिचले ५२ बलमा ८९ रन जोडेका थिए । उनले १५ चौका र एक छक्का प्रहार गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us