पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफ पक्राउ

काठमाण्डु टुडे २०७० असोज २५ गते २:५३ मा प्रकाशित

काठमाण्डु, २५ असोज– पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफ पुनः पक्राउ परेका छन् । मस्जिदमा छापा मार्न आदेश दिएको र सर्वसाधारणको हत्या गरेको अभियोगमा उनलाई फेरि पक्राउ गरिएको हो ।

मुशर्रफको आदेशमा सन् २००७ मा इस्लामावादको रेड मस्क नामक मस्जिदमा छापा मारी धर्मगुरु इमाम सहित १ सय भन्दा बढीको हत्या भएको थियो ।

उनले पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोको हत्या आरोपमा समेत मुद्दा खेपीरहेका छन् । मुशर्रफले भने आफूविरुद्धका सबै आरोप निराधार रहेको बताउँदै आएका छन् । राजनीतिक प्रतिशोधले आफूलाई फँसाइएको उनको दावी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us