
काठमाण्डु, २४ असोज–अपहरण गरिएका लिबियाका प्रधानमन्त्री केहि घण्टा अपहरणकारीहरुको कब्जामा रहेपछि रिहा गरिएका छन् । लिबियाका प्रधानमन्त्री अली जैदानलाई राजधानी त्रिपोली स्थित एक होटलबाट हतियारधारी समुहले अपहरण गरेको थियो । सरकारकै निकट रहेको मानिएको क्रान्तिकारी कारवाही समुह नामक सो हतियारधारी समुहले महान्यायाधिवक्ताको आदेशमा प्रधानमन्त्रीलाई पक्राउ गरिएको जनाएको छ । तर कानुन मन्त्रालयले भने त्यस्तो आदेशको खण्डन गरेको छ ।
यता सरकारका कानुनमन्त्री सलह अल मरगाहनीले टेिलभिजन सन्देश मार्फत उनलाई पक्राउ गर्न आदेश दिईएको जनाएका छन् । शनिबार लिबियाको भुमिमा भएको अमेरिकी आक्रमणबाट सो समुह असन्तुष्ट रहेको जनाईएको छ । अमेरिकी आक्रमणमा अलकायदासँग सम्बद्ध भएको आशंकामा अनस अल लिबेलाई पक्राउ गरिएको थियो । लिबियाम यस्ता धेरै समुहहरु छन् जो लिबियाको प्रमुख सरकारी दलसँग सरकारमा त सामेल छन् तर आप्mनो काम कारवाही स्वतन्त्र रुपमा गर्छन् । यस्ता हतियारधारी समुहहरुलाई नियन्त्रणमा राख्न सरकारले सफलता पाउन सकेको छैन । यस्ता हतियारधारी समुहहरुले लिबियाको विभिन्न भागलाई आ–आप्नो नियन्त्रणमा राखेका छन् ।
लिबियामा अमेरिकी आक्रमणलाई लिबियाको स्वतन्त्रतामाथि हस्क्षेपको रुपमा हेरिएको छ । लिबियाका प्रधानमन्त्रीलाई राजधनी त्रिपोली स्थित कोरिन्थिया होटबात झण्डै सय जनाको समुहमा आएका हतियारधारी समुहले पक्राउ गरेको थियो । दुई वर्ष अघि लिबियामा महुम्मर कद्दाफीलाई सच्ताच्युत गरिए यता लिबिया असान्त रहँदै आएको छ । लिबियाको सम्पुर्ण भाग केन्द्रिय सरकारको नियन्त्रण आउन समेत सकेको छैन ।
लिबियाली प्रधानमन्त्री रिहा भएको लिबियाली विदेश मन्त्री मोहम्मद अब्देलाजिजले बिहीबार अपराह्न सार्वजनिक गरेका हुन । उनले भनेका छन–प्रधानमन्त्री मुक्त हुनुभएको छ, तर उहाँको अपरणका बारेमा थप कुनै पनि समाचार भने हामीले पाएका छैनौँ । सरकारद्वारा प्रकाशित विज्ञप्तिमा पनि प्रधानमन्त्रीलाई अज्ञात समूहले अपरहण गरेका र त्यसको कारण खुल्न नसकेको जनाइएको छ । यसको जिम्मेवारी पनि कसैले लिएको छैन ।
राष्ट्रसङ्घीय महासचिव बानको निन्दा
यसैबीच लिबियाली प्रधानमन्त्रीकै अपहरणका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले कडा शब्दमा निन्दा र भत्र्सना गरेका छन ।
आसियानको क्षेत्रीय सम्मेलनका लागि हाल ब्रुनाईमा रहेका महासचिव बानले प्रधानमन्त्रीको अपहरण देशमा कानुनविहीनताको अवस्था ल्याउन खोज्नेहरुको काम हो भन्दै यस्ता घटना तत्कालै बन्द गर्न पनि माग गरेका छन । यसरी प्रधानमन्त्रीको अपरहण भनेको लिबियामा हुन गइरहेको राजनीतिक परिवर्तनमा बाधा हाल्ने एक दुस्प्रयास भएको पनि उनले बताए ।
ट्रिपोली सशस्त्र झडपमा तीनको मृत्यु
लिबियाको राजधानी ट्रिपोली २० किलोमिटर पश्चिममा एक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा तीन जनाको मृत्यु भएको छ । रक्षा मन्त्रालयका अनुसार वार्सफाना र ट्रिपोलीको सडकबीचमा भएको सो झडपमा अज्ञात बन्दुकधारीले आक्रमण गरेको थिए ।
स्रोतका अनुसार यस आक्रमणको क्रममा तीन सशस्त्र छापामारको मृत्यु भएको छ । सन् २०११ मा लिबियाका क्रुर शासक मुआमर गद्दाफीको मृत्यु पछि पनि लिबियामा आतङ्ककारी समूहले बारम्बार आक्रमण गरेको छ । एजेन्सी