गर्दी खेलकुद परिषद् र नेगोसिडा नारायणगढ विजयी

काठमाण्डु टुडे २०७० असोज २३ गते १३:३० मा प्रकाशित

नारायणगढ, २३ असोज– चितवन माडीको वसन्तपुरमा जारी दिवाकर स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगितामा गर्दी खेलकुद परिषद् गर्दी र नेगोसिडा फुटवल क्लब नारायणगढ विजयी  भएका छन् ।
वियजयसँगै दुवै टिम सेमिफाइनल प्रवेश गरेका  छन । बुधबार भएको पहिलो खेलमा हरैया फुटबल क्लव हरैयालाई–१ का विरुद्ध २ गोल अन्तरले पराजित गदै गर्दी विजयी भएको हो ।

बुधबारै भएको अर्को खेलमा अर्काे खेलमा चितवन स्पोर्टस क्लब भरतपुरलाई ३–० गोल अन्तरले पराजित गदै  पहिलो पटक चितवनमै ३ जना नाइजेरियन खेलाडी भित्राएको  गत वर्षको विजेता विजयी नेगोसिडा फुटवल क्लब नारायणगढ विजयी भएको आयोजक कमिटीका संचार संयोजक रमेश पाण्डेले जानकारी दिए ।  चितवन जिल्लाकै सर्वाधिक धनराशीको प्रतियोगितामा जिल्लाभित्रका १६ वटा टिमहरुको सहभागिता छ ।

२५ असोजसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी तथा उपविजेताले नगद ५० हजारसहित ट्रफी हात पार्ने खेल संयोजक हरि भुसालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us