बुढाबुढीबीच सेक्स गराउने पुरुष पक्राउ

काठमाण्डु टुडे २०७० असोज २३ गते ५:१९ मा प्रकाशित

टोकियो–जापानमा पत्रपत्रिकामा विज्ञापन गरि बृद्धबृद्धाबीचको शारिरिक सम्बन्धको ब्यवस्था मिलाउँदै आएका एक ७० वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कियोहिदे कुरोदा नामका यी पुरुषले चिया पिउने साथि खोजिदिने नाममा पत्रपत्रिकामा विज्ञापन गर्ने गरेका थिए । उनले विगत एक दशकदेखि यस्तो वर्गिकृत विज्ञापन मार्फत् बृद्धवृद्धाहरुसित सम्पर्क गरि उनीहरुलाई एक आपसमा शारिरिक सम्बन्ध राख्ने अवसर जुराई दिने गरेको खुलासा भएको छ ।

विगत १० वर्षमा यी पुरुष करिब १ हजार पुरुष र ३ सय ५० महिलालाई यस्तो अवसर जुटाई दिएका थिए । यसरी उनको सेवा लिनेहरुमा अधिकांश ६० बर्ष हाराहारी उमेर भएका ब्यक्तिहरु हुने गरेको बताईएको छ । सो क्रममा उनले जापानी यौनकर्मी कानुनलाई झण्डै ३० लाख येन बराबरको छलि गरेको आरोप कियोहिदामाथि लागेको छ ।
‘सान आई’ अर्थात तीन प्रेमीहरु क्लबको नामबाट ४० वर्ष वा त्यसभन्दा माथिका महिला–पुरुषलाई ‘ची खाने साथी’ भेटाई दिने भन्दै कियोहिदेले विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाल्ने गरेका थिए । त्यस क्रममा उनका सबैभन्दा बढि उमेरका पुरुष ग्राहक ८८ वर्षका र महिला ८२ वर्षकी रहेको बताईएको छ । –एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us