
दार्चुला, २३ असोज–गैरआवासीय नेपाली संघ जर्मनीले बाढी प्रभावित जिल्ला अस्पताल दार्चुलालाई विभिन्न सामग्री सहयोग गरेको छ । जर्मनीमा काम गर्दै आइरहेका नेपालीबाट संकलन गरिएको सात लाख ४५ हजार रुपैयाँ बराबरको सामग्री मंगलबार एक कार्यक्रमबीच एनआरएन जर्मनीका उपाध्यक्ष रणबहादुर साउदले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
असारको पहिलो साता महाकाली नदीमा आएको बाढीले अस्पताल भवन बगाएको दृश्य विभिन्न सञ्चारमाध्यमबाट देख्दा आपूmहरूको मन भक्कानिएकोले सानो भए पनि रकम सङ्कलन गरी सहयोग गरेको उपाध्यक्ष साउदले बताए । रासस