कतारका व्यवसायीबाट डा. वाग्लेलाई उपचार खर्च सहयोग

काठमाण्डु टुडे २०७० असोज २३ गते १:०४ मा प्रकाशित

काठमाण्डु, २३ असोज– कतारस्थित नेपाली व्यवसायी आरके शर्माले क्यान्सर पीडित चिकित्सक चित्रप्रसाद वाग्लेको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

dr.-wagleशर्माले एबीसी टेलिभिजनमार्फत वाग्लेको उपचारार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । यवसायी शर्माले स्वदेश तथा विदेशमा  रहेका नेपालीलाई वाग्लेको उपचारका सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

दुर्गम क्षेत्रमा रहेर लामो समय स्वास्थ्य सेवामा योगदान गरेका चिकित्सक वाग्ले करिब एक वर्षदेखि क्यान्सरबाट पीडित छन् । थप उपचारका लागि अमेरिका जान आर्थिक अभाव भएपछि वाग्लेलाई विभिन्न संघसंस्थाले आथिर्क सहयोग गरिरहेका छन् । वाग्ले यसअघि थाइल्यान्ड र भारतमा क्यान्सरको उपचार गरी केही महिनाअघि मात्र स्वदेश फर्किएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us