कुल ग्राहस्थ उत्पादनमा चीनले जितेपछि राष्ट्रपति ओबामा भन्छन–अमेरिका आर्थिक मन्दीमा जान सक्छ

काठमाण्डु टुडे २०७० असोज २३ गते ५:३६ मा प्रकाशित

वासिङटन–कुल ग्राहस्थ उत्पादनमा चीनले अमेरिकालाई जितेको अन्तराष्ट्रिय मुद्रा कोषको प्रतिवेदन आएपछि अमेरिकी राष्ट्रपति बाराक ओवामाले अमेरिकी संसदलाई सरकार ठप्प पार्ने कार्य रोक्न आव्हान गरेका छन् । obamaराष्ट्रपति ओवामाले फिरौती माग्ने काम राजनीतिमा नियमित तालिका बनाउन मिल्दैन भन्दै ऋणको सिमा बढाउन पनि अमेरिकी संसदसित माग गरेका छन् ।
यदि अमेरिकी संसदले ऋणको सिमा बढाउन सकेन भने देश आर्थिक मन्दीमा जाने ओबामाले राष्ट्रपतिको चेतावनी दिए । अमेरिकी विपक्षी दल रिपब्लिकन भने आप्mनो पुरानै अडानमा कायम छ । अमेरिकी प्रतिनिधि सभामा रिपब्लिकनका संसदीय दलका नेता जोन बोयनरले यस विषयमा छलफल आवश्यक रहेको जनाएका छन् । राष्ट्रपति ओवामाका र अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले समेत अमेरिकी संसदलाइै ऋणको सिमा बढाउन आग्रह गरेका छन ।
ओबामाले जस्तै आईएमएफले पनि यदि ऋणको सिमा बढाउन अमेरिकी कंग्रेस असफल हुन्छ भने त्यसले अमेरिकामा आर्थिक मन्दी निम्त्याउने चेतावनी दिएको छ । सरकारी कामकाज बन्द र संसदको अवरोध बारे पत्रकार सम्मेलन गर्दै ओबामाले यदि संसदले अवरोध खुला गरेन भने ऋण लिने दरमा स्थायी वृद्धिहुने चेतावनी दिए ।
कुल ग्राहस्थ उत्पादनमा चीनले जित्यो अमेरिकालाई
वासिङटन, २३ असोज–कुल ग्राहस्थ उत्पादनमा चीनले अमेरिकालाई जितेको छ । चीनको जित आगामी बर्ष पनि कायम रहने अन्तराष्ट्रिय मुद्रा कोषले जनाएको छ ।
अन्तराष्ट्रिय मुद्रा कोषले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको कुल गार्हस्थ उत्पादन सन् २०१३ मा १.६ प्रतिशत रहने र आउँदो वर्ष २.६ प्रतिशत हुने अनुमान गरेको छ । कोषले सन् २०१३ का लागि चीनको कुल गार्हस्थ उत्पादन ७.६ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ र सन् २०१४ मा यो प्रतिशत ७.३ हुने अनुमान गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी वित्तीय विवाद अझै लम्बिदै गएमा बिश्व अर्थतन्त्रको बृद्धिमा अझै नकारात्मक प्रभाव पार्ने चेतावनी पनि दिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् १०१३ मा विश्वको अर्थतन्त्र २.९ प्रतिशत र सन् २०१४ मा ३.६ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यो पहिले गरेको अनुमानमा ०.३ प्रतिशत तथा ०.२ प्रतिशतले कम हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व आर्थिक परिदृष्य नामक प्रतिवेदनमा ठूलो मन्दीको चार वर्षपछि विश्वको आर्थिक वृद्धि अझै मन्द रहेको उल्लेख गरेको छ । कोषले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा विकसित अर्थतन्त्र तथा विशेष गरी अमेरिकाले आर्थिक विकासको गति लिन थालेको र अहिले पनि विश्वको अर्थतन्त्र उदाउँदा अर्थतन्त्रमा भर परेको उल्लेख छ । उदाउँदा अर्थतन्त्रले लिएको गति पनि अब मन्द हुन थालेको छ ।
विश्वको अर्थतन्त्र अझै कमजोर रहेको र त्यसको गतिमा परिवर्तन देखिएको कोषले बताएको छ । अमेरिकाले आफूलाई मन्दीबाट जोगाउन लागु गरेको सरल मुद्रा नीतिलाई हटाउने र चीनको वृद्धि मन्द हुन थाल्ने अवस्था विशेष गरी चिन्ताको विषय भएको कोषले बताएको छ ।
कोषले कुल गार्हस्थ उत्पादन वृद्धिमा गरेको अनुमान कायम राखेको छ । उसले सन् १०१३ मा विकसित मुलुकको कुल गार्हस्थ उत्पादन १.२ प्रतिशत हुने र यो प्रतिशत सन् २०१४ मा २.० हुने उल्लेख गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपतिले बजेटको मामिलामा रिपब्लिकनहरुसित छलफल गर्न आफु तयार रहेको जनाएका छन् । यता अमेरिकी राष्ट्र बैक फेडरल रिजर्ब बैककी प्रमुखमा एक महिलाई नियुक्त गर्ने तयारी अमेरिकी राष्ट्रपतिले गरेका छन् । अमेरिकी फेडरल रिर्जब बैक प्रमुखको रुपमा महिलाको नियुक्ति हुन लागेको यो पहिलो पटक हो । प्रमुख चुनिन लागिएकी जेनेट एलन विगत चार वर्षदेखि फेडरल बैककी उप–प्रमुख छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us