
काठमाण्डु, २३ असोज – नेपाली अन्डर १९ राष्ट्रिय फुटबल टोलीको खराब प्रदर्शन जारी रहेको छ । कतारमा भई रहेको एफसी अन्डर १९ छनौट प्रतियोगितामा लगातार तेस्रो खेल हार्दै नेपाल समुह चरणबाटै बाहिरिएको छ ।
मंगलबार राती राजधानी दोहामा भएको खेलमा उज्वेकिस्तानले नेपाललाई शून्यका विरुद्ध ५ गोलले पराजीत गर्यो । पहिलो खेलमा केही सन्तोषजनक खेल खेलेको नेपालले त्यसयताका दुई खेलमा निकै फितलो प्रदर्शन गर्यो। खेलको दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको नेपालले गोलकिपर ब्रिजेश सिंहको गल्तीहरुको सिकार हुनुपर्यो भने नेपालको रक्षापङ्ती पनि निकै नै कमजोर देखियो ।
उज्वेकिस्तानाकालगि शोम्भ्रादोभले ह्याट्रिक गरे । बाँकी दुई गोल नर्मभ्रोदोभ र दावलातोभको भागमा रह्यो । नेपालले अर्को खेल विहीबार कतारसँग खेल्ने छ ।