एनआरएन उपाध्यक्षमा भट्टको उम्मेदवारी

काठमाण्डु टुडे २०७० असोज २२ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, २२ असोज– गैरआवासीय नेपाली संघ एनआरएन उपाध्यक्षमा भवन भट्टले उम्मेदवारी दिएका छन् ।
bhawan bhattaउनी यसअघि एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष थिए । उम्मेदावरी घोषणा गर्दै उनले ‘एकपल्टको नेपाली सधैंका लागि नेपाली’ भन्ने अभियानलाई सार्थक निष्कर्षमा पु¥याउन आगामी नेतृत्वले पहल कदमी लिने दाबी गरेका छन् ।

उनले आफ्नो दुई वर्षे कार्यकाल सफल पार्न सहयोग गरेकामा एनआरएन सदस्य, शुभेच्छुक, संरक्षक एवम् राष्ट्रिय समन्वय परिषदका  पदाधिकारीप्रति आभार प्रकट गरेका छन् ।
भट्टले नेपाली अर्थतन्त्र गतिशील बनाउन विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण हुन सक्ने बताएका छन्’, ‘अर्थतन्त्रलाई गतिशिल बनाउन नेपालमा थप उत्साह, लगानी, प्रविधि र सद्भावको खाँचो छ । विदेशमा बस्ने नेपालीको सफलतासँगै नेपालमा पनि हामीप्रतिको अपेक्षा चुलिएको छ । त्यसैले संस्थालाई अझ बढी क्रियाशील बनाउनु पर्ने खाँचो हिजोभन्दा अझ बढेको महसुस मैले पनि गरेको छु ।
यो हाम्रा लागि अवसर र चुनौती दुवै हो । यो चुनौतीलाई अवसरमा बदल्ने संकल्पलाई साकार पार्न छैठौ विश्व सम्मेलनले विगत झै एउटा बलियो नेतृत्व चयन गर्ने बिश्वास मैले पनि लिएको छु ।’

चुनावी घोषणापत्रमा उनले लेखेका छन् । उनले विदेशमा बसेर जति नै सफलता हासिल गरेपनि नेपाल समृद्ध नभएसम्म स्वाभीमानपुर्वक बाच्न कठिन हुने उल्लेख गरेका छन् ।
विदेशमा सिकेको सिप र आर्जन गरेको श्रोत नेपालमै लगानी गर्ने वातावरण बनाउन नेपाल सरकार, निजी क्षेत्र र सञ्चारमाध्यमबीच सार्थक समन्वय गर्नुपर्ने भएकाले त्यसका लागि पनि पहल गर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us