सुधारको बाटोमा चीनको परम्परागत विदेशी व्यापार

काठमाण्डु टुडे २०७० असोज २१ गते १९:४१ मा प्रकाशित

चीन विश्वको पहिलो ठूलो निर्यात मुलुक र दोस्रो ठूलो व्यापार मुलुक बनेको छ। तर पनि वर्तमान विश्वको अर्थतन्त्रको बृद्धि सुस्त विकसित भइरहेको,भित्री श्रमिक शक्तिको लागत बढ्दै आएको र चिनियाँ युआनको मूल्य बढ्दै आएकाले चीनको परम्परागत विदेशी व्यापार व्यवसायका सामु गभ्मीर परिस्थिति देखापरेको छ। चीनको व्यापारले सुधारका लागि आफ्नो विकसित शैलीलाई कसरी परिवर्तन गर्न सक्छ त?China

चीनको अन्तर्राष्ट्रिय विद्युत्तीय व्यापार मञ्च दुनहाङ्ग नेटवर्कका उपाध्यक्ष चाङ्ग युङ्ग चेका अनुसार विदेशका लागि व्यापारको वातावरण गम्भीर भएको प्रष्ठभूमिमा चिचियाँ व्यवसायको निर्यात मात्रा पहिलेभन्दा ठूलो परिमाणमा घटेको देखिन्छ। विश्वको पहिलो निर्यात मुलुकको हैसियतले चीनको विदेशी व्यापारले मुख्य गरी कम लागत हुने श्रमिक शक्ति भन्ने श्रेष्ठता राखेको छ। तर पनि केही वर्षयता चीनको श्रमिक शक्तिको लागत लगातार रुपमा बढ्दै आएको खण्डमा विदेशका लागि व्यापारको शैलीलाई परिवर्तन गर्नुपर्ने माग रहेको छ।

आफ्नो उत्पादित बस्तुको गुणस्तर र प्रतिस्पर्धा बढाउनु बाहेक सहयोग मञ्चको स्थापनाले धेरै चिनियाँ व्यवसायीलाई वर्तमान कठिनाई र चुनौतिको सामना गर्न एउटा कोशेढुङ्गा बनेको छ। यस मञ्चले व्यवसाय र खरिदकर्ताबीचमा पुलको भूमिका सिर्जना गर्दछ। उच्च स्तरीय प्रविधिमा उत्पादित सामग्री भए पनि उत्कृष्ट बिक्री शैली नलिने कयौँ व्यवसायीले यस सहयोग मञ्चबाट फाइदा प्राप्त गरेका छन्।

विदेशका लागि चीनको व्यापारले नयाँ प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ। यस सन्दर्भमा धेरैजसो मान्छेले अझ उच्चस्तरीय अन्तर्राष्ट्रिय बजारमा भाग लिने धारणा बनाएका छन्। तर चीनको रेशमी आयात-निर्यात लिमिटिड कम्पनीका अध्यक्ष थाङ्ग यासँग भिन्न विचार रहेको छ। पहिलेको सस्दो मूल्य भन्ने श्रेष्ठता लिइ लाभ पाउनुबाट नयाँ बजारको विकास गर्ने शैलीसम्म परिवर्तन गर्नुपर्छ। बजारमूलक बनौटमा निर्यात बजारलाई विविधताकरण पार्ने रणनीति लिनुपर्छ। युरोपेली तथा अमेरिकी बजारलाई सुद्दढ पार्नुका साथै अफ्रिका, मध्य पूर्वी क्षेत्र जस्तै नयाँ विदेशी बजारको विकास गर्नुपर्छ। जसबाट एउटै बजारमा व्यापार भिड लाग्ने त्रासलाई हटाउन सकिन्छ।

खुशीको कुरा के भने केही वर्षयता चीनमा व्यापरिक शैलीलाई परिवर्तनमार्फत आफ्नो निर्यात मात्रा र लाभलाई बढाउने शृङ्खला व्यवसाय जन्मेका छन्। व्यापारिक शैलीको परिवर्तनबाहेक उत्पादित बस्तुको प्रचारप्रसार धारणा र बिक्रीपछिको सेवालाई पूर्णता दिलाउनुबाट व्यवसायको विकासलाई बढाउने क्षमता हुन्। धेरै वर्षसम्म विदेशका लागि व्यापारिक मन्चमा कार्यरत् वाङ्ग येन लीको विचारमा चिनियाँ व्यवसायले अझ सक्रिय रुपमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादित बस्तु प्रचारप्रसार गर्नसक्ने छ। अन्तर्राष्ट्रिय बजारमा आयोजित उद्योगिक प्रदर्शनीमा भाग लिनुपर्छ। विविध प्रदेशनीमार्फत हाम्रा उत्पादित बस्तुका बारेमा जानकारी दिन्छ जसबाट वाणिज्य क्षेत्रको विकास मात्र नभई सम्पूर्ण मानव जातिको विकासका लागि फाइदाजनक हुने छ।

सम्बन्धित पछिल्ला प्रतिवेदनबाट थाहा भएअनुसार चीनको निर्यात बढ्ने क्रममा मूल्य अर्थात् उत्पादन क्रममा प्रभावकारी श्रमबाट उठाइने मूल्यवृद्धिसहित व्यवसायतर्फ विकसित भइरहेको छ। अहिले झन झन बढी चिनियाँ व्यवसायले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रिनका लागि आफ्नो पुरानो तथा परम्परागत धारणा त्याग गरेर सकारात्मक नयाँ विकसित शैलीको आविष्कार गरिरहेका छन्। Source CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us