च्याम्पियन्स लीग क्रिकेटको उपाधी मुम्बईलाई

काठमाण्डु टुडे २०७० असोज २१ गते २:०७ मा प्रकाशित

Mumbai_indiansकाठमाण्डु, २१ असोज– राजस्थान रोयल्सलाई हराउँदै मुम्बई इन्डियन्सले च्याम्पियन्स लीग क्रिकेटको उपाधी जितेको छ । आइतबार राती सम्पन्न खेलमा मुम्बईले ३३ रनको जितसँगै तीन बर्षमा दोस्रोपटक उपाधी कब्जा गरेको हो ।

मुम्बईले एकैबर्षमा आईपीएल र च्याम्पियन्स लीगको उपाधी जितेर कीर्तिमान समेत बनाएको छ । जीतसँगै मुम्बई ईन्डियन्स विश्व चर्चित भारतीय खेलाडी सचिन तेंदुलकरलाई ट्वान्टी–ट्वान्टी प्रतियोगिताबाट सुखद विदाई गरेको छ । तेन्दुलकरले यसअघि आईपीएलमा मुम्बई ईन्डियन्सको जीतसँगै आईपीएलबाट विदा लिईसकेका छन् ।

मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाइ २ सय २ रनको विशाल योगफल बनाएको थियो । मुम्बईका लागि ड्वेन स्मिथले ४४, ग्लेन म्याक्सवेलले मात्र १४ बलमा ३७ रन र कप्तान रोहित शर्माले पनि १४ बलमा नै ३३ रनको पारी खेले ।

२ सय ३ रनको विजय लक्ष्य पछ्याएको राजस्थान रोयल्स केबल १ सय ६९ रनमा समेटिएको थियो ।

मुम्बईको जितकालागि हरभजन सिंहले १७ ओभरमा ३२ रन दिँदै ४ विकेट लिए । उनले अजिक्या रहाणे, स्टुअर्ड बिन्नी र केबोन कपुरलाई आउट गरेका थिए । त्यतिमात्रै होइन उनले खतरनाक अलराउन्डर शेन वाटसनलाई पनि पवेलियन फर्काएका थिए ।

खेलमा हरभजन सिंह म्यान अफ द म्याच भए भने, मुम्बईकै ड्वेन स्मिथ म्यान अफ द सिरिज घोषित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us