आर्सनल लिग तालिकाको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० असोज २१ गते १:४८ मा प्रकाशित

काठमाण्डु, २१ असोज–ईङ्लिस प्रिमियर लिग अन्तरगत आईतबार राति खेलिएका खेलमा चेल्सी, साउथ ह्याम्प्टन र वेस्ट ह्याम विजयी भएका छन् । लिभरपुलसँग शीर्ष स्थान छिन्ने प्रयासमा रहेका आर्सनल र वेस्ट ब्रुमबीचको खेल भने बराबरीमा टुङ्गिएको छ ।

आर्सनल र बेस्ट ब्रुमबीचको खेल बराबरी भए पनि लिभरपुलको समान १६ अंक पाएको आर्सनल लिग तालिकाको पहिलो स्थानमा उक्लन भने सफल भएको छ । आर्सनल र ब्रुमबीचको आईतबार रातिको खेल एक–एकको बराबरीमा टुङ्गियो ।

आर्सनलको घरेलु मैदानमा खेलिएको खेलमा पहिलो अग्रता पाहुना टोलीले लिएको थियो । खेलको ४२ औं मिनेटमा अर्जेन्टिनाका खेलाडी क्लाउडियो याकुबको गोलले ब्रुमले खेलमा अग्रता लियो । खेलको ६३ औं मिनेटमा ईग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी ज्याक विल्शेयरले आर्सनलको लागि गोल गर्दै ब्रुमको अग्रता समाप्त पारे । आर्सनलका चर्चित खेलाडी निकोलस एनेल्काले आप्mनो टोलीलाई अग्रता दिलाउने दुई सहज अवसर गुमाएपछि खेलबाट ३ अंक जितेर लिगमा स्पस्ट अग्रता कायम गर्ने आर्सनलको अकांक्षा पुरा हुन सकेन ।

आईतबार रातिकै अर्को खेलमा वेस्ट ह्यामले टोटेनह्यामलाई शून्यका विरुद्ध तीन गोलले स्तब्ध पा¥यो । त्यसैगरि अर्को खेलमा चेल्सीले नर्विचमाथि एकका विरुद्ध ३ गोलको जीत निकाल्यो । साउथ ह्याम्प्टन र स्वान्सीबीचको खेल दुई–शून्यले स्वान्सीको पक्षमा रह्यो ।

लिगको सातौं लेग समाप्त हुँदा लिग तालिकामा आर्सनल पहिलो स्थानमा छ भने समान १६ अंककासाथ लिभरपुल दोस्रो स्थानमा छ । तेस्रो र चौथो स्थानमा क्रमशः चेल्सी र साउथ ह्याम्पटन छन् । लिगको खराब सुरुवात गरेको म्यान्चेस्टर सिटी पाँचौ स्थानमा उक्लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us