एएफसी यु–१९ फुटबलमा नेपालको दोस्रो हार

काठमाण्डु टुडे २०७० असोज २१ गते १:२२ मा प्रकाशित

AFC-U19-Championshipकाठमाण्डु, २१ असोज – कतारको दोहामा जारी एएफसी १९ बर्ष मुनिको फुटबल प्रतियोगितामा नेपालले लगातार दास्रो हार बेहोरको छ । प्रतियोगिता अन्तरगत आईतबार राति नेपाल र भारतबीच भएको खेलमा नेपाल भारतसँग शून्यका विरुद्ध एक गोलले पराजीत भयो । नेपाललाई पराजित गर्ने क्रममा भारतको तर्फबाट एकमात्र गोल खेलको ८७ औं मिनेट एस के फैयाजले गरे । लगातार दुई हारसँगै नेपालको दोस्रो चरणमा जाने सम्भावना निकै कम भएको छ ।

पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग २–१ ले पराजित भएको थियो ।

भारतसँग नेपालको हारपछि प्रतिकृया दिँदै नेपाली टोलीका कोच राजुकाजी शाक्यले नेपाली टोली खेलको सुरुवात नै खराब गरेकोले हार बेहोर्नु परेको जनाए । पहिलो २० मिनेटको खेल पुरै नेपाली टोलीको नियन्त्रण बाहिर थियो । खेलाडीहरुले राम्रो पास समेत खेल्न नसकेको र खेलाडीहरुबीच आपसी तालमेल समेत नदेखिएको कोच शाक्यको धारणा थियो ।

प्रतियोगितामा नेपालले अझै दुई खेल खेल्न बाँकी छ । नेपालको अर्को खेल मंगलबार उज्वेकिस्तान विरुद्ध हुनेछ । लिग चरणको अन्तिम खेलमा नेपालले अगामी विहीबार कतारसँग खेल्ने छ । नेपाल र भारत दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए ।

आईतबार रातिको खेल दुवै टोलीकालाई महत्वपूर्ण थियो । नेपालसँगको जीतले अर्को चरणमा पुग्ने भारतको सम्भावनालाई जीवित राखेको भारतीय कोचको भनाई थियो । नेपालको भने अर्को चरणमा पुग्ने कागजी सम्भावना मात्र बाँकी छ । नेपालले अर्को चरणमा पुग्न बाँकी दुई खेलमा उत्कृष्ट जीत निकाल्नु पर्ने छ भने अरुको खेलको नतिजाको पनि भर पर्नु पर्नेछ । नेपालले खेल्न बाँकी रहेका उज्वेकिस्तान र कतार समुहका दुई उत्कृष्ट टोली हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us