“फिटो”नामक भीषण आँधी चीनको च च्याङ्ग प्रान्तमा प्रवेश गर्ने

काठमाण्डु टुडे २०७० असोज २० गते १५:४२ मा प्रकाशित

यस वर्षको तेइसौं नम्बरको “फिटो”नामक भीषण आँधी बेहरी छ तारिख राति चीनको च च्याङ्ग र फु चेन प्रान्तको समुद्री तटवर्ती क्षेत्रमा प्रवेश गर्ने भएको छ। त्यसैगरी राष्ट्रिय बाढी तथा खडेरी प्रतिरोध निर्देशनालय र राष्ट्रिय प्रकोप निवारण कार्यालयले दुवैले नै पाँच तारिख आपतकालीन प्रणालीको आरम्भ गरी आँधी बेहरी प्रतिरोधी कार्य र प्रकोपसम्बन्धी आपतकालीन उद्धार कार्य राम्रोसँग गर्न विभिन्न स्थानमा चेतावनी जारी गरेका छन्।

राष्ट्रिय बाढी र खडेरी प्रतिरोध निर्देशनालयले पाँच तारिखका दिन बाढी र आँधीबेहरी प्रतिरोधसम्बन्धी दोस्रो श्रेणीको आपतकालीन प्रणालीको आरम्भ गर्ने घोषणा गरेको छ। यसबाहेक, निर्देशनालयले च च्याङ्ग, फु चेन, शाङ्गहाई, च्याङ्ग सु, आन ह्वै र च्याङ्ग सीलाई आँधीबेहरी प्रतिरोधात्मक सहयोग दिनका लागि जम्मा छवटा कार्य टोलीलाई पठाएको छ।

यसका अतिरिक्त राष्ट्रिय प्रकोप निवारण कार्यालयले प्रकोप उद्धार सम्बन्धी पूर्व-चेतावनी प्रणालीको आरम्भ गरेको छ। मौसम विभागबाट प्राप्त पूर्व-जानकारीअनुसार, उक्त भीषण आँधी बेहरी छ तारिख रातिदेखि सात तारिख बिहान च च्याङ्गको मध्य भाग र फु चेनको उत्तरी भागका समुद्री तटवर्ती क्षेत्रमा प्रवेश गर्ने अनुमान छ। Source CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us