लयमा फर्कियो लिभरपुल,फेरि शीर्ष स्थान कायम

काठमाण्डु टुडे २०७० असोज २० गते ३:५५ मा प्रकाशित

काठमाण्डु, २० असोज–ईङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई एकका विरुद्ध ३ गोलले पराजित गर्दै लिभरपुल फेरि शीर्ष स्थानमा पुगेको छ । लिभर पुलको घरेलु मैदान एनफिल्डमा खेलिएको खेलमा उरुग्वेका राष्ट्रय खेलाडी लुईस स्वारेजले पहिलो गोल गरे । १३ औं मिनेटमा स्वारेजले गोल गरेको मात्र ४ मिनेट पछि खेलको १७ औं मिनेटमा ईग्ल्याण्डका खेलाडी ड्यानियल स्टुरेजले दोस्रो गोल गरे ।

१० खेलको प्रतिवन्ध पछि खेलमा फर्किएका स्ट्राईकार स्वारेजको दुई खेलमा यो तेस्रो गोल हो । स्वारेजले लिभरपुलका लागि खेलिएका पछिल्लो २२ खेलमा १९ गोल गरिसकेका छन् ।  लिभरपुलकालागि तेस्रो गोल स्टेफन जेरार्डले पेनाल्टी मार्फत गरे । खेलको ७६ औ मिनेटमा क्रिस्टल प्यालेसकालागि ड्वाईट गेलले सान्तवना गोल गरे ।

यता लिगको लगातार छ खेलमा कुनै हार नबेहोरेको एभर्टनले सातौं खेलमा पहिलो हार बेहोरेको छ । एभर्टनलाई म्यानचेस्टर सिटीले ३–१ ले पराजित गर्दै यस सिजनको पहिलो हार दिलायो । जीतसँगै म्यानचेस्टर सिटी लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सिटीकालागि स्पेनी खेलाडी अल्भारो नेग्रेदो र अर्जेन्टीनाका सर्जिओ अगुईरो क्रमशः खेलको १७ औं र ४५ औं मिनेटमा एक–एक गोल गरे । खेलको १६ मिनेटमा नै बेल्जियन खेलाडी रोमेलु लुकाकु गोलले एक–शून्यको अग्रता लिएको एभर्टनले एक मिनेट पनि अग्रता जोगाउन सकेन । खेलको ६९ औं मिनेटमा हेवार्डको आत्मघाति गोलले लिभरपुलाई तेस्रो गोल दिलायो ।

शनिबार राति नै खेलिएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले सन्डरल्याण्डलाई एक का विरुद्ध दुई गोलले पराजित गर्यो । युनाईटेडकालागि बेल्जियमका १८ वर्षीय खेलाडी अदनान जानुजाजले दुई गोल गरे । पाँचौं मिनेटमा नै क्रेग गार्डनरको गोल मार्फत् अग्रता लिएको सन्डरल्याण्डको लिगमा पहिलो खेल जित्ने आकांक्षा पुरा हुन सकेन ।
अन्य खेलमा न्यु क्यासलले कार्डिफलाई २–१ ले पराजित ग¥यो । त्यस्तै फुल ह्यामले स्टोकलाई एक–शून्यले हरायो भने हल र एस्टन भिलाबीचको खेल गोल रहित बराबरीमा रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us