राजस्थान ट्वान्टी–ट्वान्टी क्रिकेटको फाइनलमा

काठमाण्डु टुडे २०७० असोज १९ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, १९ असोज– राजस्थान रोयल्स च्यान्पियन्स लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
2020 cricketशुक्रबार राति जयपुरमा भएको सेमिफाइनलमा घरेलु टिम राजस्थानले चेन्नईलाई १४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

राजस्थानका लागि अजिन्का राहानेले सर्वाधिक ७० र सेन वाड्सनले ३२ रनको योगदान गरे । चेन्नइका ड्वायेन ब्राभोले ३ तथा क्रिस मोरिस र जोन्सन होल्डरले २–२ विकेट लिए । १ सय ६० रनको लक्ष्य पच्छयाएको चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै जोड्न सक्यो ।

चेन्नईका लागि रविचन्द्र आश्विनले सर्वाधिक ४६, सुरेश रैनाले २९, क्रिस मोरिसले नटआउट २६ र मुरली विजयले १४ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । राजस्थानका प्रविन ताम्बेले ३ विकेट लिए भने जेम्स् फाउलकर, सेन वाड्सन र राहुल शुक्लाले पनि १–१ विकेट आफ्नो नाममा लेखाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us