चीनको नौ सेनाको स्थल तथा जल लडाकु जहाजको क्षमता : उज्यालो मोतीको प्रतीक

काठमाण्डु टुडे २०७० असोज १८ गते १४:३५ मा प्रकाशित

PLA Chinaस्थल तथा जल लडाकु जहाज हाल केही वर्षयता चीनको नौ सेनाको साधनमध्ये एक उज्यालो मोतीको प्रतीक बनेको छ। चिनियाँ नौ सेनाको कार्यभार लगातार रुपमा विस्तार गरिंदै आउनुका साथै अडेन खाडीमा जहाजको संरक्षण कार्य,सुदर समुद्री तालिम आदि गतिविधिमा चिनियाँ नौ सेनाको साधनको विकासबाट धेरैजसो विदेशी नजर आकर्षित भएको छ। यस्तो नयाँ साधनले सिर्जना गर्ने लडाकु शक्तिबाट नौ सेनाको स्थल तथा जल लडाकु क्षमतालाई ठूलो परिमाणमा उकासिएको छ। साथै स्थल तथा जल लडाकु तरिकामा ऐतिहासिक परिवर्तन भएको देखिन्छ।

चाइआन च्याङ्गमा पर्ने एक सैनिक बन्दर्गाहमा प्रवेश गर्ने बित्तिकै एउटा ठूलो सेतो लडाकु जहाज देखापर्छ। आफ्नो नाम”खुन लुन पहाड”जस्तै विशाल भएको यो लडाकु जहाज चिनियाँ नौ सेनाको पहिलो स्वदेशबाट उत्पादित स्थल तथा जल लडाकु जहाज हो।

यस खुन लुन पहाड जहाजको विहान उड्डयन तलामा एकचोटीमा दुई वटा हेलिकप्टर अवतरण वा उडान गर्न सक्छन्। यस जहाजको प्रमाणित कोठामा अनेकौं पानीमा हिँड्ने वायुयान र दशभन्दा बढी स्थल तथा जल सशस्त्र गाडी राख्न सकिन्छ। विदेशी सञ्चार माध्यमको भनाई अनुसार पनि यस नयाँ स्थल तथा जल लडाकु जहाज र संरक्षण जहाजसँगसँगै मिलेर चिनियाँ नौ सेनाको सम्पूर्ण “स्टेरियो ल्याण्डिङ् भन्ने लडाकु क्षमता स्थापना भएको छ।

खुन लुन पहाड जहाजको प्रमुख ग्वो सिन उले यस जहाजको जानकारी दिँदै भने,यस जहाजको पहिलो विशेषता नयाँ लडाकु अवधारणा हो। अर्को विशेषता भनेको यो ठूलो आकारको छ। विमानवाहक जहाजबाहेक यो जहाज सबैभन्दा ठूलो जल लडाकु जहाज हो। तेस्रो: साधन राख्ने क्षमता ठूलो छ।

चिनियाँ नौ सेनाका पदाधिकारी ची हङ्ग थाउको विचारमा खुन लुन पहाड जहाज जस्तै नयाँ साधनले स्थल तथा जल लडाकु क्षमतालाई माथि उकास्ने मात्र नभई चिनियाँ नौ सेनाको लडाकु शैलीलाई ऐतिहासिक सुधार पनि गरेको छ। यस साधनको सुदूर यात्राबाट नौ सेनाको शक्तिलाई समुद्री तटवर्ती नजिक ढुवानीबाट सुदूर समुद्री क्षेत्र ढुवानीसम्म परिवर्तन गरिएको देखिन्छ। ग्वो सिन उले भने,: स्थल तथा जल लडाकु जहाज सञ्चालनमा आएबाट चिनियाँ नौ सेनाको शक्तिमा केही मुख्य सुधार गरिएको छ। एक: सशस्त्र शक्तिको ढुवानी शैलीमा परिवर्तन आएको छ। दुई: विमान र वायुयान स्थलमा अवतरण गर्ने शैली परिवर्तन भयो। तेस्रो भनेको सुदूर समुद्री यात्रा गर्न सकिन्छ।

राष्ट्रिय समुद्री अधिकार र विदेशी समुद्री अधिकारको संरक्षण गर्ने कार्यभार झन झन बढ्दै गएको देखिन्छ। चिनियाँ नौ सेनाका पदाधिकारीको विचारमा आफै बलियो बनेको खण्डमा अन्य मुलुकको सम्मान पाउन सकिनेछ। यसप्रति चिनियाँ सैनिक पदाधिकारी ग्वो सिन उले यसरी भने,: सोमाली समुद्री क्षेत्रमा जहाजको संरक्षण गर्ने कार्यभार लिनु जस्तै वास्तविक प्रमाणबाट बलियो हुँदा सम्मान पाउन सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ। शान्त अवधिमा आदानप्रदान खोज्नुको पूर्वाधार बलियो र शक्तशाली राष्ट्रिय उद्योग तथा सैनिक शक्ति हुन्। Source: CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us