आर्मी र एपीएफ उपाधीकालागि भिड्दै

काठमाण्डु टुडे २०७० असोज १८ गते २:५० मा प्रकाशित

काठमाण्डु, १८ असोज – राष्ट्रिय टी–ट्वान्टी त्रिकेटको उपाधिका लागि शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र नवप्रवेशी नेपाल आर्मी क्लब भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

एपीएफ क्षेत्र नम्बर ३ काठमाण्डुलाई हराउँदै फाइनलमा पुगेको हो भने आर्मीले वर्षाकारण सेमिफाईनल खेल हुन नसकेपछि समूह चरणको रनरेटका आधारमा वीरगञ्जलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो । एपीएफ राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा मैदान उत्रनेछ भने आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us