म्यान्चेस्टर सिटीलाई बार्यनले हरायो

काठमाण्डु टुडे २०७० असोज १७ गते ३:११ मा प्रकाशित

Bayern-Munichकाठमाण्डु, १७ असोज–ईङल्याण्डका अन्तर्राष्ट्रिय गोलकिपर जो हार्टको खराब फर्म जारी रहँदा म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्यन म्युनिखसित पराजित भएको छ । गोलकिपरको साधारण गल्तिका कारण दुई खोल खाएको ईग्ल्याण्डको क्लब म्यानेचेस्टर सिटी जर्मन क्लब बार्यन म्युनिखसित १ का विरुद्ध ३ गोलले पराजित भयो ।

बार्यनबाट खेल्ने फ्रान्सका खेलाडी फ्रयान्क रिवेरीले लामो दुरीबाट प्रहार गरको बल समाईसकेपछि पनि म्यानचेस्टर सिटीका गोलकिपर जो हार्टको हातबाट चिप्लिएर गोलपोष्टको जाली चुम्न पुग्दा बार्यन म्युनिखले पहिलो गोल पायो । बायर्नकालागि दोस्रो गोल जर्मन खेलाडी थोमस मुलर गरे । गोलकिपर हार्टकै गल्तिका कारण हल्याण्डका खेलाडी आर्जन रोबीनले बार्यनकालागि तेस्रो गोल गरे ।

तीन–शून्यले पछि परेको सिटीकालागि स्पेनका खेलाडी आल्भारो नेग्रदोले सान्तवना गोल गरे । यसअघि म्यानचेस्टर सिटीबाटै खेल्ने गरेका बार्यनका रक्षापङ्तिका जर्मन राष्ट्रिय खेलाडी जेयोन बोटेङ रातो कार्ड पाएर बाहिरिए पछि १० खेलाडीमा झरेको बार्यनलाई सिटीले थप कुनै घात गर्न सकेन ।

उता अर्को खेलमा बेलायती क्लब म्यानचेस्टर युनाईटेडले युक्रेनको क्लब सख्तार दोनेत्स सित एक–एकको बाराबरी खेलेको छ । त्यसैगरी स्पेनी क्लब रियल म्याड्रिडले डेनमार्कको क्लब एफसी कोपनहेगनलाई शून्यका विरद्ध ४ गोलले पराजित ग¥यो । त्यस्तै ईटालीको क्लब युभेन्ट्सलाई टर्कीको क्लब ग्लातासारेले दुई–दुईको बराबरीमा रोकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us