प्रशिक्षक हुमागाइले थ्रीस्टार छाडे

काठमाण्डु टुडे २०७० असोज १७ गते १:३९ मा प्रकाशित

Pradip-Humagain-Chief-Coach-of-Three_star-Clubकाठमाण्डु, १६ असोज – थ्रीस्टार क्लबका प्रशिक्षक प्रदीप हुमागाइले पदबाट राजिनामा दिएका छन् । क्लब व्यवसायीक नभएको, आर्थिक संकटमा परेकोलगायत कारण देखाउँदै हुमागाईंले पदबाट राजीनामा दिएका हुन् ।

काठमाण्डुमा बुधवार पत्रकार सम्मेलन गर्दै उनले थ्रीस्टार क्लब छोडेपनि फुटबल क्षेत्रमा निरन्तर लागिरहने बताए । थ्रीस्टार क्लबले पनि उनको राजीनामा स्वीकृत गरिसकेको जनाएको छ ।

हुमागाईं प्रशिक्षक भएपछि थ्रीस्टार गत सिजनको लिग विजेता बनेको थियो भने आहा गोल्डकप र बुढासुब्बा गोल्डकपको उपाधि समेत जितेको थियो । गतहप्ता मलेसियामा भएको एएफसी प्रेसिडेन्ट कपमा भने थ्रीस्टारले खराब प्रदर्शन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us