थ्री स्टारका प्रशिक्षक हुमागाइँद्वारा राजीनामा

काठमाण्डु टुडे २०७० असोज १६ गते १७:५९ मा प्रकाशित

काठमाण्डु, १६ असोज–थ्री स्टार क्लबका प्रशिक्षक प्रदीप हुमागाइँले थ्री स्टार क्लबबाट बुधवार स्वेच्छिक राजीनामा दिएका छन ।
थ्री स्टारका लागि एक वर्षको अवधिसम्म काम गरेका प्रशिक्षक हुमागाइँले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी दिन थ्री स्टारका लागि कुनै काम नगर्ने निर्णय गरेको जानकारी गराए ।
प्रशिक्षक हुमागाइँले थ्री स्टार क्लबका अफिसियलहरूले आफूलाई राम्रो व्यवहार गरे पनि खेलाडीहरूलाई भने खासै राम्रो व्यवहार नगरेको कारण र उनीहरूको दुःख हेर्न नसकेकाले पनि राजीनामा दिएको बताए । उनले जुनसुकै क्लबले खेलाडीलाई खुसी बनाएमात्र खेलमा जित हासिल गर्न सकिने विचार व्यक्त गर्दै बुधवारबाट सबै क्लबले प्रशिक्षकका लागि कुराकानी गर्न ढोका खुल्ला भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us