भिडन्तबारे बुझ्न स्थानीय अधिकारीलाई संसद्मा बोलाइयो

काठमाण्डु टुडे २०७० असोज १५ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, १५ असोज– केन्याको राजधानी नैरोवीमा एक साताअघि एक व्यापारिक केन्द्रमा भएको भिडन्तबारे स्पष्टीकरणका लागि स्थानीय उच्च अधिकारीहरुलाई संसदमा Kenya Defence Forces soldiers take their position at the Westgate shopping centre in Nairobiप्रस्तुत गरिने भएको छ ।
अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले ३९ जना मानिस अझै बेपत्ता रहेको जनाएपछि केन्याली संसदले घटनाबारे उच्च अधिकारी तथा गुप्तचरहरुसंग सोधपुछ गर्ने भएको हो । नैरोवीको वेस्टगेट शपिङ सेन्टरमा हमला हुनु एक वर्ष अघि नै स्थानीय प्रहरी लगायतलाई घटनाबारे जानकारी गराएको समाचार गोप्य स्रोतबाट सार्वजनिक भएपछि केन्याली सरकारलाई उच्च अधिकारीहरुसंग सोधपुछ गर्न दबाब बढेको हो ।
सार्वजनिक भएको गोप्य समाचारका अनुसार सुरक्षा अधिकारीहरुलाई अल शबाब समूहले वेष्टगेट मलमा गर्न लागेको आक्रमणबारे गत वर्ष सेप्टेम्बरमा नै जानकारी गराएका थिए । संसदले सो समाचारकै आधारमा घटनाबारे निर्णय लिनु उचित नहुने बताउादै गुप्तचर तथा सुरक्षा निकायका अधिकारीहरुलाई अनुसन्धानको घेरामा भने उभ्याउने बताएको छ ।
अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले सोमबार एक प्रतिवेदनमार्फत घटनापछि ३९ जना अझै बेपत्ता रहेको सार्वजनिक गरेपछि केन्याली सरकारको यसप्रति ध्यान आकर्षित भएको हो । आक्रमणमा ६ सुरक्षाकर्मीहरु सहित ६१ जना मारिएका थिए भने पााच जना आतंकवादी सुरक्षा फौजको गोलीको शिकार बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us